जापानमा रेल स्टेशनका कर्मचारी निदाएपछि...

जापान- जापानमा रेलका कर्मचारी निदाएर स्टेशनको प्रवेश ढोका नखोलिदिँदा यात्रुले समयमै रेल प्रयोग गर्न पाएनन् । क्युशु क्षेत्रका यात्रुलेबुलेट रेल समयमै प्रयोग गर्न नपाएका हुन् । जापानी मिडियाका अनुसार क्युशु क्षेत्रमा पर्ने शिनओमुता रेल स्टेशनका ३० वर्षका पुरुष कर्मचारी निदाउँदा यात्रुले रेल समयमै रेल प्रयोग गर्न नपाएका हुन् ।
रेलको समय तालिका अनुसार स्टेशनमा बस्ने कर्मचारी बिहान ५:१० बजे उठ्नुपर्ने र यात्रु ६:१९ को रेल चढ्नुपर्ने थियो । ६:३० बजे अर्को रेल स्टेशनका कर्मचारी आएर ढोका खोलेपछि बल्ल यात्रु चढ्न पाएका थिए ।
रेल स्टेशनमा दुई पटक अलार्म घडीहरू बज्नु बाहेक जडान भएको उपकरण स्वचालित रुपमा उठ्ने समयमा बज्ने गर्छ । तर कर्मचारीहरूले आफुले उठ्ने समयको लागि अलार्म सेट गर्न बिर्सिएको बताएका छन् । क्युशु रेल विभागले यात्रुलाई समस्या भएकाप्रति माफी माग्दै भविष्यमा यस्तो हुन नदिने बताएको छ ।

नजिकबाट नियालेको नेतृत्व

एनआरएनए स्पेनको अध्यक्षमा सन्तोष श्रेष्ठ निर्विरोध निर्वाचित

गैरआवासीय नेपाली सङ्घ रुसको अध्यक्षमा कट्टेल

एनआरएनए इजरायल अध्यक्षमा अली महम्मद मियाँको उम्मेदवारी घोषणा

एनआरएन क्यानडाको अध्यक्ष पदमा उम्मेदवार किरोज श्रेष्ठलाई , डा. धरेल र इञ्जिनियर…

एनआरएनए जापानमा रमेश गिरीको क्षेत्रिय सह-कोषाध्यक्षमा उम्मेदवारी

एनआरएनए अष्ट्रेलियाको निर्वाचनमा सन्तोष कुँवर प्यानल : को को छन् समूहमा ?

प्रतिक्रिया