सोमबार २६ जेठ, २०८२
Monday, June 09, 2025

‘सूर्यवंशी’ले तीन दिनमा कमायो ७७ करोड

मुम्बई - बलिउड फिल्म ‘सूर्यवंशी’ले विकेन्डमा ७७ करोड कमाइ गरेको छ । भाइटीकाको अघिल्लो दिन रिलिज भएको फिल्मले ७७ करोड १४ लाख खुद कमाइ गरेको निर्माताले तथ्यांक जारी गरेका छन् । 

दर्शक आउने नआउने धुकचुक धुकचुकबीच रिलिज भएको फिल्मले पहिलो दिन २६ करोड २९ लाख कमाइ गरेको थियो । यो कमाइ धेरै ट्रेड पण्डितले अनुमान गरेभन्दा बढी थियो । पहिलो दिन फिल्म १५ करोड देखि २० करोडसम्मको ओपनिंग गर्ने अनुमान गरिएको थियो ।

दोस्रो दिन फिल्मले २३ करोड कमाइ गरेको थियो भने आइतबार फिल्मले २७ करोड २९ लाख कमाइ गरेको आँकडा बाहिर आएका छन् । रोहित सेठ्ठीको निर्देशनमा तयारमा भएको फिल्ममा अक्षय कुमार रर कट्रिना कैफ मुख्य भूमिकामा रहेका छन् । फिल्ममा अजय देवगन र रनवीर सिंहको अतिथि भूमिका रहेको छ । 

फिल्मले मास इन्टरटेनरको रुपमा समीक्षकबाट तारिफ पाएको थियो । त्योभन्दा बढी फिल्मले दर्शक हलमा बोलाएको भन्दै फिल्मकर्मी र फिल्म पत्रकारले यसको तारिफ गरेका छन् । 

अबको एक दुई दिनमै फिल्मले सय करोड क्लब ज्वाइन गर्नेछ । योसँगै रोहित सेठ्ठी सबैभन्दा धेरै सय करोडमाथिको व्यापार गर्ने फिल्मका निर्देशकका रुपमा स्थापित हुनेछन् । गोलमाल शृंखलादेखि सिंघमसम्मका सबै फिल्मले सय करोड माथिको व्यापार गर्दै आएका छन् ।