कांग्रेसले प्रदेश २ सहित १३ जिल्लामा तोक्यो निर्वाचन अधिकृत

काठमाडौं - नेपाली काँग्रेसले वडा अधिवेशन हुन बाँकी रहेका प्रदेश २ का आठवटासहित १३ जिल्लामा निर्वाचन अधिकृत चयन गरेको छ । प्रदेश २ सहित कैलाली, डोल्पा, बाँके, सुर्खेत र रसुवामा काँग्रेसको वडा अधिवेशन हुन बाँकी छ ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले सप्तरीमा डा. रुद्र शर्मा, सिराहामा सन्जीव लामा, धनुषामा अरुण ज्ञवाली, महोत्तरीमा इन्द्र अधिकारी, सर्लाहीमा विनोद कार्की, रौतहटमा दीपकराज गिरी, पर्सामा नरेन्द्र केसी र बारामा ज्ञानेन्द्रपसाद अधिकारीलाई निर्वाचन अधिकृत तोकेको छ ।
त्यस्तै कैलालीमा टेकप्रसाद सुवेदी बाँकेमा रेवतीरमण भट्टराई, सुर्खेतमा मदन रेग्मी, रसुवामा सुमन कुमार केसी र डोल्पामा कुमारराज श्रेष्ठलाई निर्वाचन अधिकृत तोकेको छ । वडा अधिवेशन हुन बाँकी जिल्लामा आगामी २७ कात्तिकमा निर्वाचन मिति तय भएको छ ।
पालिका अधिवेशन हुन बाँकी १३ वटा जिल्लामा ३० कात्तिकका लागि अधिवेशन तय भएको छ भने ३ मंसिरमा प्रदेशसभा क्षेत्रीय अधिवेशन र ६ मंसिरमा प्रतिनिधिसभा क्षेत्रीय र एक निर्वाचन भएका जिल्लाका जिल्ला अधिवेशन हुँदै छ । नयाँ कार्यतालिकाअनुसार आगामी १० मंसिरमा एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लका जिल्ला अधिवेशन तय भएको निर्वाचन समितिले जनाएको छ ।
अब महाधिवेशनको कार्यताकिला प्रभावित नभए २४ देखि २६ मंसिरमा कांग्रेसको १४औं महाधिवेशन हुनेछ महाधिवेशन तयारी समिति गठनसहितका विषयमा छलफल गर्न कांग्रेसले २८ कात्तिकका लागि केन्द्रीय समितिको बैठक तय गरिसकेको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया