कांग्रेस कैलालीको सभापतिमा प्रकाश बमको उम्मेदवारी घोषणा

कैलाली - नेपाली कांग्रेस कैलालीका वर्तमान उपसभापति प्रकाश बमले कांग्रेसको आगामी महाधिवेशनमा जिल्ला सभापतिको उम्मेदवारी दिने घोषणा गरेका छन् । उपसभापति भएपछि कैलालीमा कांग्रेसको गुटगत राजनीति अन्त्य गरेको बताउँदै उनले संगठन सुदृढिकरण गर्दै पार्टीलाई थप बलियो बनाउन सभापतिमा उम्मेदवारी दिने निर्णय गरेको बताए ।
‘हाम्रो मिहेनतका कारण कैलाली कांग्रेसमा गुटगत राजतीति अन्त्य भएको छ,’ बमले भने, ‘म सभापति भएपछि स्थानीय तहदेखि संघीय निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्नेछ । संगठन सुदृढिकरण गर्न पनि मैले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेको हुँ ।’
लामो समय कांग्रेसका विभिन्न जिम्मेवारी सम्हाल्दै उपसभापतिसमेत बनिसकेको बताउँदै बमले आगामी महाधिवेशनमा सभापति पदमा लड्ने घोषणा गरेका हुन् । उनले सबै कार्यकर्ताको रोजाइमा आफू नै पर्ने दाबी गरे ।
‘विगत दुई वर्षदेखि मैले सभापतिका लागि तयारी गरेको छु,’ सोमबार पत्रकार सम्मेलन गर्दै उनले भने, ‘त्यस क्रममा सबै पालिका र वडामा म पुगेको छु । सवै क्षेत्रबाट मलाई सहयोग छ ।’
आफ्नो उम्मेदवारीमा जिल्लादेखि केन्द्रको सहयोग रहेने विश्वास लिएको उनले बताए । नेपाली कांग्रेस कैलालीको वडा र पालिकास्तरीय अधिवेशनपछि आफ्नो टिम घोषणा गर्ने उनले बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया