चिसो वर्षलाई ताइपेईमा १ करोड सात लाखको अवार्ड

काठमाडौँ - मीन भामले निर्देशन गर्न लागेको फिल्म चिसो वर्षले ताइपेईमा १ करोड सात लाख नगद हात पारेको छ । फिल्मले फिल्म निर्माणका लागि १ करोड सात लाख रकम हात पारेको हो । चिसो वर्षको सुटिंगको तयारीमा रहेका राजेश खत्रीले फिल्मले ताइवानको प्रडक्सन अवार्ड जितेको पुष्टि गरे । फिल्मले २.५ मिलियन ताइवानिज डलर जितेको हो जुन नेपालीमा रुपान्तरण गर्दा १ करोड ७ लाख हुन आउँछ ।
'फिल्म डेढ करोड बराबरको अवार्ड जितेको छ । सुटिंगका लागि केही रकम अपुग जस्तो थियो , अब यो पैसा पाएपछि सजिलो भएको छ', उनले भने । अवार्ड थाप्न मीन भाम यतिबेला ताइवानमै रहेको पनि खत्रीले जानकारी गराए । फिल्मको सुटिंग भने जनवरीदेखि सुरु हुनेछ ।
केही दिनअघि ताइवान पुगेका निर्देशक मीन भाम भने अहिले ताइवानमा क्वारेन्टाइनमा छन् । १४ दिनको क्वारेन्टाइन सकाएर सम्झौतापछि मीन नेपाल फर्कने र सुटिंगको तयारी गर्ने मीनले जानकारी गराएका छन् । फिल्मले हराएका श्रीमान्को खोजीमा भिक्षुसँग यात्रा गर्ने एक गर्भवती महिलाको कथा भन्छ । फिल्ममा तिब्बती वा भारतीय हिरोइन रहने चर्चा छ । बाँकी कलाकार भने नेपालकै हुनेछन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया