तत्कालै ऐन ल्याएर नागरिकता समस्या समाधान गर्छौँ : गृहमन्त्री खाण

जनकपुरधाम - गृहमन्त्री बालकृष्ण खाणले ऐन ल्याएर नागरिकता समस्या तत्कालै समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । सोमबार जनकपुरधाम विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै गृहमन्त्री खाणले अध्यादेशमार्फत होइन ऐन ल्याएरै नागिकता समस्या समाधान गर्ने बताए । 'नागरिकता समस्या तराई मधेश मात्र नभई सम्पूर्ण देशकै समस्या हो,' उनले भने, 'यो समस्या अध्यादेशमार्फत होइन ऐन ल्याएर नै तत्कालै समाधान गर्नेछौं ।'
न्यायापालिका, कार्यपालिका र व्यवस्थापिका स्वतन्त्र रहेको र स्वतन्त्रतापूर्वक काम गरिरहेको भन्दै उनले न्यायापालिकामा देखिएको समस्यालाई छिटोभन्दा छिटो समाधान हुनुपर्ने बताए । यसबारे गठबन्धन दलले छिट्टै नै कुनै निष्कर्ष निकाल्ने उनको भनाइ छ ।
काँग्रेस महाधिवेशनको प्रशंगमा गृहमन्त्री खाणले नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी भएकोले पार्टीको विभिन्न गतिविधीले देशको अन्य पार्टीलाई समेत प्रभाव पार्ने भन्दै उनले महाधिवेशनले पार्टी र अन्यसबैलाई प्रभाव पार्ने बताए ।

प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्ध…

‘नेपाली श्रमिकको स्वामित्व राज्यले लिनुपर्छ’

जनआकांक्षा पूरा गर्न सरकारले काम गरिरहेको छः मन्त्री भण्डारी

प्रधानमन्त्रीद्वारा स्पेनको प्रादो राष्ट्रिय सङ्ग्रहालयको अवलोकन

राजदूत रूपाखेतीलाई युक्रेन, बुल्गेरिया र चेक गणतन्त्रको जिम्मेवारी

प्रवक्ताहरूको काम, कर्तव्य र अधिकारसम्बन्धी निर्देशिकाबारे छलफल

सञ्चारमन्त्रीसँग युएइको सेक्युरिटी प्रिन्टिङ प्रेस टिमको छलफल

प्रतिक्रिया