बागमतीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत
हेटौंडा - बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेश सभाबाट विश्वासको मत पाएका छन् । पाण्डेले प्रदेश सभामा पेस गरेको विश्वासको मत लिने प्रस्ताव बहुमतले पारित भएको हो । प्रदेश सभामा कुल उपस्थित १ सय ४ जना सांसदमध्ये ५९ जनाले विश्वासको मतको पक्षमा मतदा गरेका छन् । यस्तै ४३ जनाले विश्वासको मतको विपक्षमा मतदान गरेका छन् । प्रदेश सभाका २ जना सांसदले मत दिन्नँ (तटस्थ)मा मतदान गरेका छन् ।
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको समर्थनमा नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष तथा बागमती प्रदेश सभा संसदीय दलका नेता पाण्डे कात्तिक ११ गते प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । प्रदेश सभाको आगामी बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ ।

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

माओवादीको नेतृत्वमा १२ वामपन्थी दलले आज काठमाडौँमा प्यालेस्टाइनको पक्षमा प्रदर्…

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

कांग्रेसले गरायो निर्वाचनमा असहयोग गर्ने २६ नेता कार्यकर्तालाई सचेत

आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा

प्रतिक्रिया