धानको बालाबाट भुसमात्रै आएपछि भक्तपुरका किसान चिन्तित

भक्तपुर– धान उत्पादन घटेपछि भक्तपुरका किसानहरू चिन्तित बनेका छन् । राष्ट्रिय कृषक समूह महासंघ नेपाल, जिल्ला कार्यसमिति भक्तपुरको आयोजना र चाँगुनारायण नगरपालिकाको सहआयोजनामा सोमबार भक्तपुरमा आयोजित कार्यक्रममा सहभागी किसानहरूले धान उत्पादन घटेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।
उनीहरूले अघिल्ला वर्षको तुलनामा यस वर्ष धान उत्पादन न्यून भएकाले समस्यामा परेको गुनासो गरेका छन् ।
किसानहरूले चिनियाँ धान डीवाइ २८, खुमल ८ लगाएतका धानको बिउ ल्याएर रोप्दा धानको उत्पादन न्युन भएको गुनासो गरेका हुन् । धानकै आन्दानीबाट वर्षभरि जीविका चलाउनुपर्ने अवस्थामा धानबाट भुसमात्र आएपछि किसान मर्कामा परेका छन् । उनीहरूले सहकारी र बजारबाट ल्याएको डीवाइ २८, खुमल ८ का बीउबाट धान उत्पादन नभएको बताएका छन् । हाइब्रिड धान लगाउँदा उत्पादन कम भएकाले अब सरकारले आफुहरूलाई राहत दिनुपर्ने उनीहरूको माग छ ।
कार्यक्रममा चाँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्रले कृषि प्राविधिकले सिफारिस गरेका र परम्परागत रूपमा ल्याएको बीउ अनुपात्दक भएको गुनासो आएकाले यसबारे नगरपालीकाले अध्ययन गरेर राहत दिने प्रतिबद्धता जनाए ।

सुनको मूल्य बढ्यो, कतिमा कारोबार हुँदैछ?

विदेशी मुद्रा कतिमा हुँदैछ कारोबार ?

काठमाडौंमा खुल्यो करेन्ट पोइन्टः करेन्ट नुडल्स पारखीले नयाँ स्वाद र फ्लेबरको मज्…

मौद्रिक नीति सार्वजनिक : शेयर धितो कर्जा २५ करोड, घर कर्जा ३ करोड

मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आर्जन

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

प्राकृतिक प्रकोप न्युनिकरणमा चीनसँग सहकार्य अपरिहार्य: उर्जा मन्त्री खडका

प्रतिक्रिया