संविधान संशोधन अपरिहार्य : उपेन्द्र यादव
रुपन्देही – जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन अपरिहार्य रहेको बताएका छन् । पार्टीले रुपन्देहीको धकधईमा सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
अहिलेको संविधान संघीयता विरोधीहरूले बनाएकाले यसमा संशोधन आवश्यक रहेको यादवको भनाइ छ । ‘संघीयताको मर्म नबुझेका कांग्रेस र कम्युनिष्ट मिलेर बनाएको अहिलेको संविधान त्रुटिपूर्ण छ,’ यादवले भने, ‘यसलाई संशोधन गर्नुपर्छ अन्यथा जनताले अर्को संविधान बनाउने छन् ।’
सात वटा प्रदेशको नक्सांकन र नामाकरण अव्यवहारिक र अवैज्ञानिक रहेको जिकिर गर्दै यादवले उच्चस्तरीय राज्य पुनःसंरचना आयोगको प्रतिवेदनअनुसार १० वटा प्रदेश नै उचित भएको बताए। ‘पाँच, सात जना मन्त्री बनेर झण्डावाला गाडी चढेरमात्र हुँदैन’, उनले भने, ‘प्रदेशलाई स्वायत्त र अधिकारसम्पन्न बनाउनुपर्छ।’
राज्यका हरेक निकायमा जनसंख्याका आधारमा हरेक वर्ग र समुदायको समानुपातिक प्रतिनिधित्व हुनुपर्ने अध्यक्ष यादवले बताए । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका उनले अहिलेको संसदीय व्यवस्था नेपालका लागि उचित राजनीतिक प्रणाली नभएको तर्क गरे । साथै उनले अहिलेको निर्वाचन प्रणाली अत्यन्तै महँगो र गलत भएकाले पूर्णसमानुपातिक प्रणाली हुनुपर्ने जोड गरे ।

अखिलको २४ औं महाधिवेशनमा बलियो संगठनात्मक पृष्ठभूमि र अनुभवसहित रेखा न्यौपा…

बागमती प्रदेशसभाको आगामी बैठकमा आर्थिक सर्वेक्षण पेस हुने

बाढीको जोखिम टार्न समयमै तटबन्ध निर्माण गर्न मन्त्री खड्काको प्रतिबद्धता

सदनको गतिरोध अन्त्य गर्न दलहरु समझदारी नजिकः सचेतक बर्तौला

रासायनिक मलको अनुदानका लागि बजेट अपुग छ : मन्त्री अधिकारी

चौध वर्षदेखि अल्झिएको मूआब्जाको गाँठो फुकाइँदै

राज्यको चौथो अङ्गमा महिलाको पहुँच र भूमिका अझै न्यून : पूर्वराष्ट्रपति भण्डारी

प्रतिक्रिया