बैकिङ कसुर मुद्दामा भारतीय नागरिक पक्राउ
काठमाडौँ – नेपाल प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले नौ लाख ५० हजार रूपैयाँ जरिवाना गरेपछि फरार रहेका भारत मोतिहारीका ४५ वर्षीय राजहरण साहलाई सोमबार दिउँसो पक्राउ गरेको हो ।
उच्च अदालत पाटनको ०७७ माघ २६ को फैसलाअनुसार सात दिन कैद र बिगोबमोजिम नौ लाख ५० हजार रूपैयाँ जरीवाना ठहर गरेपछि फरार रहेका साहलाई सोमबार दिउँसो काठमाडौंको कमलपोखरीबाट पक्राउ गरिएको ब्यूरोका प्रहरी उपरीक्षक कमल थापाले बताए ।
पक्राउ परेका साहले ग्लोबल आइएमइ बैंक लिमिटेडको ज्ञानेश्वरको खातामा पर्याप्त मौज्दात नहुँदा नहुँदै गलत तरिकाले चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेका थिए । उच्च अदालतले साहलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ उल्लिखित सजाय हुने गरी फैसला सुनाएको थियो । साहलाई फैसला कार्यान्वयनका लागि सोमबार नै ललितपुर जिल्ला अदालत पेस गरिएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए ।

जलवायु परिवर्तनसम्बन्धी अन्तर्क्रिया गुफाडाँडामा

झोलुङ्गे पुल निर्माण गरेपछि यात्राअवधि छोटियो

बाँझो जमिनमा तरकारी उत्पादन गर्दै धर्मराज

खडेरीले सुक्न थाल्यो बेतना सिमसार

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

जग्गा किर्तेमा संलग्न समाजवादीबाट निर्वाचित वडाध्यक्ष पक्राउ

पत्रकार महिलाहरूको अक्षयकोषमा ५१ लाख सङ्कलन

प्रतिक्रिया