संयुक्त राष्ट्र संघका सहायक महासचिव सन्डर्स र प्रधान सेनापति शर्माबीच भेट

काठमाडौँ – संयुक्त राष्ट्र संघका सहायक महासचिव (एएसजी) क्रिस्चियन सन्डर्स र नेपालका प्रधान सेनापति प्रभुराम शर्माबीच शिष्टाचार भेट भएको छ । सोमबार काठमाडौंस्थित सैनिक मुख्यालयमा सन्डर्स र शर्माबीच भेट भएको हो ।
संघद्वारा हरेक चार वर्षमा प्रतिपूर्ति दलको समीक्षाका लागि गरिएको चौथो वार्षिकका सम्बन्धमा छलफल तथा निरीक्षणका लागि सन्डर्सको नेतृत्वमा निरीक्षण टोली सोमबार नेपाल आएको हो । टोलीलाई उपरथी सीताराम खड्काले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
दुई दिने निरीक्षण भ्रमणमा रहने उनले सोमबार प्रधान सेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेट गरेका हुन् । मंगलबार सन्डर्सले पाँचखालस्थित वीरेन्द्र शान्तिकार्य तालिम केन्द्रको भ्रमण तथा रक्षामन्त्री र परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट गरी मंगलबार नै टोली स्वदेश फिर्ता हुने कार्यक्रम रहेको सेनाले जनाएको छ ।

राष्ट्रियसभाको बैठक बस्दै, के छ सम्भावित कार्यसूची ?

प्रधानमन्त्री ओली स्वदेश फर्कँदै

युरोपका नेपाली समुदायलाई प्रधानमन्त्रीको आग्रह : ‘सक्दो छिटो स्वदेश फर्कनुस्’

विधान महाधिवेशनमा केन्द्रित हुन महासचिव पोखरेलको निर्देशन

कांग्रेस बैठकमा समसामयिक विषयमा छलफल जारी

रास्वपाको सचिवालय बैठकले गर्यो यस्तो निर्णयहरु

कोइरालाले चौधरीलाई लक्षित गर्दै भनेः पार्टीलाई चन्दा दिएकै भरमा सबैले नेता म…

प्रतिक्रिया