नेपाली शान्ति सैनिकद्वारा विपन्न महिलालाई सामग्री प्रदान
काठमाडौँ – मिनस्का मिसनमा रहेको नेपाली सेना, रणशेर गण तेश्रो डफ्फाले अफ्रिकाको बम्बरी सहरका विपन्न तथा एकल महिलालाई सिलाइ बुनाइमा आवश्यक सामग्री प्रदान गरेको छ ।
डफ्फाले अफ्रिकाको बम्बरी सहरस्थित एकल रआर्थिक अवस्था कमजोर रहेका महिलाको आर्थिक अवस्था सुधार गर्न बम्बरीस्थित नगर प्रमुख कार्यालयमा कात्तिक १५ गते स्थानीय प्रशासनसँगको समन्वयमा कपडा सिलाउने हाते र खुट्टाले चलाउने मेशिन, कैंची, सियो र धागो तथा कोभिड–१९ रोकथामका सुरक्षात्मक सामग्री वितरण गरेको हो । यस्तै नेपाली शान्ति सैनिकहरूले द्वन्द्वग्रस्त मुलुकको संवेदनशील इलाकामा सक्रिय रही जिम्मेवारीसहित मानवीय सेवा गरेको नेपाली सेनाले जनाएको छ ।
‘स्थानीय समुदायलाई लक्षित गरी सञ्चालन गरिएका यस्ता कार्यबाट स्थानीय निकाय तथा समुदाय र शान्ति सैनिकहरूबीच विश्वासको वातावरण सिर्जना भई आपसी सम्बन्ध थप प्रगाढ हुने देखिन्छ,’ सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सिलाइ बुनाइ सामग्री हस्तान्तरण कार्यक्रममा स्थानीय जनप्रतिनिधिको उपस्थिति थियो ।

साउनमा ३० दिन रक्सी छाड्नाले शरीरमा के-के फरक पर्छ ?

विश्व भेटेरिनरी एसोसिएसनको महासभामा नेपाल सहभागी, पशु चिकित्सा क्षेत्रको विक…

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा पाइलटको कमजोरी औँल्याइयो

ब्रह्मा र विष्णुले पहिलो पटक पूजा गरेको पहिलो शिवलिङ्गको कथा

सिरहाको सुखीपुरबाट सात क्विन्टलभन्दा बढी गाँजा बरामद

मार्चे लेकमा चौँरीको रगत पिउने मेला सुरु

रुकुम पश्चिममा जिप दुर्घटना

प्रतिक्रिया