बुधबार ०३ बैशाख, २०८२
Wednesday, April 16, 2025

बोलाउलान त प्रतिनिधि सभाको बैठक ?

काठमाडौँ : नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले स‌घीय संसद् बैठक बोलाउन माग गर्ने निर्णय गरेको छ । बानेश्‍वरमा भएको समूहका सांसदहरूको भेलाले बैठक बोलाउन माग गर्ने निर्णय गरेको हो । 

भेलामा समूहका राष्ट्रिय सभा र विघटित प्रतिनिधि सभाका सांसद्हरू उपस्थित थिए । विघटित प्रतिनिधि सभाका ९० र राष्ट्रिय सभाका २४ सांसदले बैठक बोलाउने विषयमा हस्ताक्षर समेत गरेका छन् ।

अन्य दलले पनि त्यसमा साथ दिए प्रतिनिधि सभा बैठकको आह्वान गर्ने तयारी उनीहरूको छ । उनीहरूले बुधबार संसदीय दलको बैठक बोलाएर यस विषयमा थप निर्णय लिने तयारी गरेका छन् । 

भेलाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको कदमलाई अस्वीकार गरेको घोषणा गर्दै संसद्को नियमित अधिवेशन बोलाउन माग गरेको हो ।  भेलाले नेपालको संविधान २०७२ बमोजिम प्रतिनिधि सभालाई विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नरहेको समेत निष्कर्ष निकालेको छ ।