‘सूर्यवंशी’ले ततायो नेपाली निर्मातालाई, तोक्न थाले प्रदर्शन मिति

काठमाडौँ- बलिउड फिल्म ‘सूर्यवंशी’को व्यापारले नेपाली निर्मातालाई उक्साउन थालेको छ । तिहारको छेको पारेर रिलिज भएको फिल्मले भारतसँगै नेपालमा पनि हाउसफुलको व्यापार गरेपछि दर्शक आउने ÷नआउने दुविधामा रहेका नेपाली निर्माताको मनोबल बढाएको छ । डेढ वर्षदेखि तयार रहेर पनि फिल्म रिलिज गर्ने हिम्मत जुटाउन नसकेका निर्माताले फिल्म रिलिजको मिति तोक्न थालेका छन् ।
सोमबार यसको सुरुवात गरे निर्माता अर्जुनकुमारले । प्रदर्शनका लागि ठिक्क परेको समयमा महामारी आएपछि रोकिएको ‘चपली हाइट ३’ निर्माता कुमारले पुस २ गते रिलिज गर्ने घोषणा गरेका छन् । उनले दसैँ र तिहारमा नै फिल्म रिलिज गर्ने जमर्को गरे पनि दर्शक आउने कुरामा ढुक्क नभएपछि हच्किएका थिए । अहिले ‘सूर्यवंशी’ले भरमार व्यापार गरेपछि उनले धैर्य तोडेका हुन् । यो फिल्ममा महेश त्रिपाठी, स्वस्तिमा खड्का र सुपुष्पा भट्टको मुख्य अभिनय रहेको छ ।
सोमबार नै प्रदीप खड्का अभिनीत ‘प्रकाश’ले पनि प्रदर्शन मिति सार्वजनिक गरेको छ । यो फिल्मले वैशाखको कुनै मितिमा प्रदर्शन हुने जानकारी गराएको छ । यकिन मिति भने घोषणा गरिसकेको छैन । यसअघि नै ‘ए मेरो हजुर ४’ ले चैत अन्तिममा सार्वजनिक हुने घोषणा गरिसकेको छ । भदौ १७मा सार्वजनिक हुने घोषणा गरेको फिल्म महामारीको दोस्रो लहरपछि रोकिएको थियो ।
‘लप्पन छप्पन २’ले पनि प्रदर्शन मिति घोषणा गर्ने क्रमलाई निरन्तरता दिँदै शिवरात्रीलाई प्रदर्शन मिति बुक गरेर बसेको छ । अघिल्लो वर्षको शिवरात्रीमा प्रदर्शन हुने घोषणा गरेको फिल्म सरेर नयाँ वर्षमा पुगेको थियो । यो पटक पनि महामारीले दपेटेपछि रोकिन बाध्य भएको थियो । अहिलेलाई यो फिल्म फागुन १३ मा प्रदर्शन हुने चर्चा छ तर पुस १५ देखि यसका निर्देशक मुकुन्द भट्ट अर्को फिल्मको सुटिंगका लागि विदेश जाने तरखरमा छन् । फेरि पनि यो फिल्म फागुनमा प्रदर्शन हुनेमा नै शंका छ । यसैगरी दीपेन्द्र के खनालले पनि आउँदो वर्षको वैशाख ३० मा ‘चिसो मान्छे’ प्रदर्शन गर्ने घोषणा गरेका छन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया