‘फास्ट एन्ड फ्युरियस’ फ्रेन्चाइजमा फर्कन दि रकलाइ भिन डिजेलको आग्रह

लसएन्जल्स - भिन डिजेलले दि रक भनिने ड्वायन जोन्सनलाई ‘फास्ट एन्ड फ्युरियस’ शृंखलामा फर्कन आग्रह गरेका छन् । भिन डिजेलले रकलाई शृंखलाको अन्तिम भागमा सँगै काम गर्न आग्रह गरेका हुन् ।भिन डिजेलको यो आग्रह त्यतिबेला आएको छ जब दुवैबीच पानी बाराबार रहेका खबर आएका थिए । दुवैबीच झगडा परेको खबरले केही समय पहिले हलिउड नै हल्लिएको थियो ।
भिनको यो आग्रह इन्स्टाग्राममा आएको हो । उनले इन्स्टा पोस्टमा भनेका छन्, ‘रकले फिल्ममा महत्वपूर्ण भूमिका छ । उनले निर्वाह गर्दै आएको चरित्र हब अरु कसैले जिवन्त बनाउने कल्पना पनि गर्न सकिन्न । मलाई आशा छ उनले यो मौका छाड्ने छैनन् र भावीको इच्छा पनि पूरा गर्नेछन् ।’
दि रकले सन् २०११ मा बनेको ‘फास्ट एन्ड फ्युरियस’को पाँचौं भागबाट हबको रुपमा शृंखलामा प्रवेश गरेका थिए । तर ४९ वर्षीय रक यसको नवौँ भागमा देखिएका थिएनन् । उनले यो फिल्म रिलिज हुने संघारमा आफूले यो शृंखला छाडेको र भविष्यमा पनि यसमा अभिनय नगर्ने बताएका थिए ।
भिन डिजेलले ७ करोड इन्स्टा फ्लोअरलाई सम्बोधन गर्दै लेखेको पोस्टमा आफूले पाब्लोलाई सुखद अन्त्यको वाचा गरेको र अन्तिम शृंखला त्यो वाचा पूरा गर्ने हरसम्भव कोशिस गर्ने बताएका छन् । उनले कार दुर्घटनामा मारिएका पल वाकरलाई पाब्लो भनेर बोलाउने गरेका छन् । उनको सन् २०१३ मा मृत्यु भएको थियो ।
पल वाकर बितेपछि भिन डिजेलले वाकरको परिवारको अभिभावकको जिम्मेवारी निर्वाह गर्दै आइरहेका छन् । केही दिनअघि मात्र भिन डिजेलले पलकी छोरीको विवाह गराइ दिएका तस्बिर र खबर सार्वजनिक भएका थिए । उनले दि रकलाई भाइको रुपमा सम्बोधन गर्दै पललाई सम्झेर पनि फिल्मको हिस्सा हुन आग्रह गरेका छन् ।
सन् २०१७मा प्रदर्शन भएको ‘हब्स एन्ड स’ मा दि रकको दृश्य काटेपछि दुवैको झगडा सार्वजनिक भएको थियो । तर, यो फिल्मको सफलतापछि धेरथोर मथ्थर पनि भएको थियो । तर नवौँ शृंखलाको प्रचारप्रसारका क्रममा भिनले दि रकलाई अभिनय सिकाउने क्रममा गलफत्ती भएको अन्तर्वार्ता दिएपछि दुवैको झगडा झन् गहिरो भएको थियो ।
दि रकले डिजेलको यो कुराले आफूलाई हाँसो लागेको प्रतिक्रिया दिएका थिए । ‘फास्ट एन्ड फ्युरियस’को अन्तिम अर्थात दसौँ शृंखला सन् २०२३ को अप्रिलमा रिलिज हुने चर्चा छ । यता भिन डिजेलको पोस्टको प्रतिक्रियामा दि रकको भने जवाफ आइसकेको छैन ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया