बिहीबार २१ चैत, २०८१
Thursday, April 03, 2025

ट्रकले ठक्कर दिँदा युवकको घटनास्थलमै मृत्यु

हेटौंडा- हेटौंडा उपमहानगरपालिका–११ नवलपुरमा ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक युवकको घटनास्थलमै मृत्यु भएको छ । हेटौंडाबाट मनहरीतर्फ गइरहेको बाग्मती प्रदेश ३००४प ७१९१ नम्बरको मोटरसाइकललाई ना७ख ८८१ नम्बरको ट्रकले मंगलबार बिहान साढे ६ बजे ठक्कर दिएको हो । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालका अनुसार ट्रकको ठक्करबाट हेटौंडा उपमहानगरपालिका–१२ का २० वर्षीय सुशान्त पुडासैनीको घटनास्थलमै मृत्यु भएको हो । 

रिमालका अनुसार ठक्कर दिने ट्रकका चालक लमजुङका ४९ वर्षीय पूर्णबहादुर भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीमाथि आवश्यक अनुसन्धान भइरहेको रिमालले जनाएका छन् ।