मोरङ कारागारमा झडप, ६ कैदी घाइते

विराटनगर - विराटनगरस्थित जिल्ला कारागारभित्र दुई समूहबिच झडप हुँदा ६ जना घाइते भएका छन् । चौकीदार किरण गुरूङले यातना दिएको भन्दै कैदीबन्दीहरू र गुरुङ समूहबिच झडप भएको जनाइएको छ । गुरूङको निर्देशनमा नाइके र भाइ नाइकेहरूले यातना दिएको भन्दै कैदीबन्दीहरू आन्दोलित बनेका थिए ।
विवाद बढेपछि उनीहरूबीच मङलबार झडप भएको हो । आन्दोलन उत्रिएका कैदीबन्दीहरूले चौकिदार गुरूङसहित उनको समूहका १४ जनालाई जेलभित्रै कोठामा थुनिदिएका हुन् । घटनामा चौकीदार गुरुङसहित नाइकेहरू समेत घाइते भएको विराटनगर कारागारका निमित्त जेलर रामप्रसाद पोखरेलले जानकारी दिए ।
झडपमा चौकिदार किरण गुरुङ र नाइकेहरू शेखर राई, निर्मल ढकाल, विशाल मुक्ताङ, डिल्ली देवान र सूर्यदीप गुप्ता घाइते भएको जनाइएको छ । उनीहरूलाई उपचारका लागि कोशी अस्पताल पठाइएको मोरङ प्रहरीले जनाएको छ । कारागारमा अहिले नेपाल प्रहरी र शसस्त्र प्रहरीको थप टोली परिचालन गरिएको जनाइएको छ ।

पहिरोमा पुरिएर श्रीमान श्रीमतीको मृत्यु

म्याग्दीमा रहेको खानेपानी तथा ढल व्यवस्थापन आयोजना पोखरामा गाभिदै

बिहीबारबाट धरहरा बिहान ८ देखि बेलुकी ८ बजेसम्म खुला हुने

पन्ध्र तोलाभन्दा बढी सुनका गहनासहित कोहलपुुरबाट छ जना पक्राउ

कावासोतीमा करेन्ट लागेर एक मजदुरको मृत्यु

तुइन चुँडिदा महाकालीमा खसेर एकजना बेपत्ता

मकरको राम्रै फाइदाको योग, कुम्भलाई नयाँ कामको मौका

प्रतिक्रिया