व्यवसायीलाई अनावश्यक दुःख नदिन सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन

काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाणले व्यापार व्यवसायको लागि सहज वातावरण बनाउन प्रदेश नम्बर २ को सुरक्षा निकायलाई निर्देशन दिएका छन् । मंगलबार जनकपुर उद्योग वाणिज्य संघको ज्ञापन पत्र बुझ्दै मन्त्री खाणले उक्त निर्देशन दिएका हुन् ।
कोभिडका कारण अर्थतन्त्र शिथिल भइरहेको उल्लेख गर्दै उद्योग व्यवसायका लागि सहज वातावरण बनाउन प्रदेश नम्बर २ को सुरक्षा निकायलाई उनले निर्देशन दिए । उनले उद्योग क्षेत्रमा राष्ट्रव्यापी रूपमा समस्याहरू देखापरेको र ती समस्याहरूलाई समाधान गर्न वर्तमान सरकार तत्पर रहेको बताए ।
माल, समान ल्याउने क्रममा व्यापारीहरूलाई अनावश्यक दुःख नदिन सुरक्षा निकायका प्रतिनिधिहरूलाई उनले निर्देशन दिए । मन्त्री खाणले भाषा, संस्कृतिको विकासका लागिसमेत सरकार गम्भीर रहेको र सबै भाषा र संस्कृतिलाई सरकारले सम्मान गरेको पनि उल्लेख गरे । उनले राष्ट्रिय राजनीतिक मुलधारमा नआएका पार्टीहरूसँग सम्वाद र छलफल गरी राजनीतिक मुलधारमा ल्याउने काम भइरहेको जानकारी दिए ।

अखिलको २४ औं महाधिवेशनमा बलियो संगठनात्मक पृष्ठभूमि र अनुभवसहित रेखा न्यौपा…

बागमती प्रदेशसभाको आगामी बैठकमा आर्थिक सर्वेक्षण पेस हुने

बाढीको जोखिम टार्न समयमै तटबन्ध निर्माण गर्न मन्त्री खड्काको प्रतिबद्धता

सदनको गतिरोध अन्त्य गर्न दलहरु समझदारी नजिकः सचेतक बर्तौला

रासायनिक मलको अनुदानका लागि बजेट अपुग छ : मन्त्री अधिकारी

चौध वर्षदेखि अल्झिएको मूआब्जाको गाँठो फुकाइँदै

राज्यको चौथो अङ्गमा महिलाको पहुँच र भूमिका अझै न्यून : पूर्वराष्ट्रपति भण्डारी

प्रतिक्रिया