दुई दिनयता देशभर कोभिड संक्रमित बढे, मंगलबार थपिए ५३३ जना

काठमाडौँ- देशभर नयाँ ५३३ जना कोभिड-१९ संक्रमित थपिएका छन् । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १६ हजार ७३६ जनाको कोभिड परीक्षण गरिएको थियो । पीसीआर परीक्षणबाट ४४३ र एन्टीजेन्ट विधिबाट ९० जनामा कोभिड पुष्टि भएको थियो ।
त्यसैगरी २४ घण्टामा ४८४ संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ९६ हजार ३०६ जना संक्रमणमुक्त भइसकेका छन् । १ जनाको मृत्यु र हालसम्म देशभर ११ हजार ४५४ जनाको कोभिड संक्रमणका कारण मृत्यु भइसकेको छ । देशभर सक्रिय संक्रमित ७ हजार ६१२ जना छन् ।
आईसीयूमा १९९ र भेन्टीलेटरमा ५५ जना उपचाररत छन् । होम आईसोलेशनमा ७ हजार ७७, संस्थागत आईसोलेशनमा ५३५ र क्वारेन्टाइनमा ११० जना छन् ।
सोमबार देशभर ३९० र आइतबार १४३ संक्रमित थपिएका थिए ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया