छठमा जनकपुरदेखि वीरगञ्जसम्म हेलिकप्टरबाट पुष्पवृष्टि गरिने

काठमाडौँ – छठ पूजाको अवसरमा बुधबार जनकपुरदेखि वीरगञ्जसम्म विभिन्न स्थानमा हेलिकप्टरबाट पुष्पवृष्टि गरिने भएको छ । नेपाल नागरिक अभियान, विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय, श्रीराम हनुमान आराधना मण्डल नेपाल, ०४७ सालको संविधान पुनःस्थापना हाम्रो अभियानसहित चारवटा संस्था आबद्ध संयुक्त केन्द्रीय समितिले मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गर्दै पुष्पवृष्टिबारे जानकारी दिएको हो ।
धनुषा (जनकपुर), मागंगासागर पोखरी, दशरथ सागर पोखरी तथा जानकी मन्दिर तथा आसपासका पोखरीमा, पर्सा (वीरगञ्ज)को घडिहरवामाई पोखरी तथा आसपासका पोखरीमा दिउँसो साढे चार बजे र बाराको बहुअरी पोखरी–५ मा पृष्पवृष्टिको कार्यक्रम रहेको समितिले जनाएको छ । कार्यक्रममा बोल्दै पूर्वराजदूत रामभक्त ठाकुरले छठ शब्दले नै मनमा उमंग बढ्ने बताए । पुष्पवृष्टि कार्यक्रममा पूर्वयुवराज्ञी हिमानी शाह प्रमुख आतिथि रहने छिन् ।

लोकतन्त्र बलियो भए मात्रै पत्रकारिता बलियो हुन्छः अध्यक्ष शर्मा

मनकामना धाममा २ सय १६ किलोको ऐतिहासिक घण्टी चढाइयो

रु ५३ लाख लागतमा विद्यालयको पक्की भवन निर्माण

‘मेहनत गर्नुपर्छ, आम्दानीका स्रोत भेटिन्छन्’

वैदेशिक रोजगारीमा सिन्डिकेट अन्त्य भएको छ: महानिर्देशक

पर्सामा कार दुर्घटनामा परी एकको मृत्यु, तीन घाइते

एमएडब्लू इन्टरप्राइजेज र काठमाडौं महानगरबीच सीप विकास प्रवर्द्धन गर्न सीप मेला …

प्रतिक्रिया