इरानमाथि सुरक्षा परिषदको हतियार खरिदबिक्री बन्देज हट्यो

संयुक्त राष्ट्रसघंको सुरक्षा परिषदले १३ बर्ष अघि इरान माथि लगाएको हतियार तथा अन्य सैन्य सामाग्री खरिद बिक्री माथिको बन्देज आइतबारबाट स्वत फुकुवा भएको छ । अब इरानले विदेशबाट युध्दमा प्रयोग गर्न सकिने ट्याङक, फाइटर जेट लगायतका साधनहरु खरिद गर्न सक्नेछ ।
तर यता अमेरिकाले भने इरानमाथि लगाइएको बन्देज कायमै रहेको बताएको छ । यसअघि अमेरिकाले सुरक्षा परिषद्मा इरानमाथि हतियार खरिद बिक्रि बन्देजलाई कायम नै राख्न प्रस्ताब राखेको थियो । जुन १५ सदस्यि परिषदमा भारी मतले अस्विाकार भएको थियो ।
इरानी सैन्य दस्तासँग अहिले पनि १९७९ ताका कै सैन्य सामाग्री रहेको बताइन्छ । अब ती पुराना सामाग्रीलाई इरानले प्रतिस्थापन गर्न सक्नेछ भने उसले आफ्नो देशमा उत्पादन हुने हतियार पनि आधिकारिक रूपमा बाहिर पठाउन सक्नेछ ।
आउदा दिनमा रसिया र चीनले इरानलाई हतियार बिक्रीका लागि प्रस्ताब गर्नसक्ने बताइएको छ । तर इरानको बिग्रदो आर्थिक व्यवस्थाले उसलाई सजिलै सैन्य सामाग्री खरिद गर्न दिने अवस्था भने छैन । खाडी क्षेत्रमा इरानको साउदी अरब र संयुक्त अरब इमिरेट्ससँग प्रतिद्वन्द्वीता बढ्दो छ । त्यसकारण सो क्षेत्रमा हतियार खरिद दौडलाई बलियो हुँदै गएको छ । तर इरान त्यस्तो दौडमा तत्काल होमिने अवस्थामा छैन ।
यता अमेरिकाले इरानसँग हतियार खरिदबिक्रीमा सहभागी हुने कुनै पनि देशलाई छुट नदिने बताएको छ । ‘अमेरिकाले घरेलु कानुनको प्रयोग गर्दै इरानसँग हतियार तथा सैन्य सामाग्री खरिदबिक्रीमा सहभागी हुने कुनै पनि देश वा संस्थाहरुलाई कारबाही गर्नेछ । पछिल्लो एक दशकमा इरानलाई हतियार तथा सैन्य सामाग्री बेच्न नपाइने नियमको पालना भएको छ । अहिले त्यो नियम पालना नगर्नु भनेको क्षेत्रीय स्थिरतामा आँच पुर्याएको हुनेछ,’ अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले भनेका छन् ।
इरानको विदेश मन्त्रालयले हतियार तथा सैन्य सामाग्री खरिद बिक्री फुकुवा भएकोमा खुशी व्यक्त गरेको छ । ‘अब इरानले आफुले चाहेको हतियार तथा अन्य सैन्य सामाग्री खरिद वा बिक्री गर्न सक्नेछ । यो आफैमा एतिहासिक छ । इरानले अब विश्वका अन्य मुलुकहरुसँग हतियार तथा सैन्य सामाग्री खरिद बिक्री गर्दै रक्षा मामिलामा सहकार्य गर्न पाउनुले क्षेत्रीय स्थिरतामा सहयोग पुग्नु हो,’ इरानी विदेश मन्त्री जावेद जारिफले भनेका छन् । इरानले विनासकारी हतियार विकास तथा खरिदबिक्री आफ्नो देशको रक्षा नीति अन्र्तगत नपर्ने पनि प्रस्टाएको छ ।
संयुक्त राष्ट्रसघंको सुरक्षा परिषदको इरान माथिको बन्देज हटेपनि बेलायत र युरोपियन युनियनको छुट्टै बन्देज भने कायम नै छ ।
एपी र दि गार्डियनको सहयोगमा

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसंघ

एक अर्ब ३७ करोडको ब्याग, जो हालै एक जापानीले लिलामीमा लिए

डेढ वर्षमा एक लाख ५० हजार रोहिङ्ग्याले बङ्गलादेशमा शरण लिएको राष्ट्रसंघद्वारा प…

चीनले बनायो प्रतिघण्टा ६०० किमी गुड्ने म्याग्लेभ रेल

म्यान्मारको बौद्ध बिहारमा हवाई आक्रमण, २३ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_7gCYsvOKZv_gogacyqhrtbuj7rjnhmpwu7lagqpb3j9lleok0sxhqbtz5o6mkeadljtmmhx.jpg)
पाकिस्तानमा मनसुनको प्रकोप : ९८ जनाको मृत्यु, १८५ भन्दा बढी घाइते

प्रतिक्रिया