गृहमन्त्री थापासँग भेटेपछि दाहालको बिफ्रिङ : अन्तिम अवस्थामा साथ दिने आशा छ

काठमाडौं : नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापासँग भेटघाट गरेका छन् । मंगलबार बिहान थापाको सरकारी निवास पुल्चोकमा पुगेर दाहालले छलफल गरेका हुन् ।
'यसअघि जे भए पनि यो अन्तिम अवस्थामा तपाइँको साथ दिनु हुनेछ भन्ने अपेक्षा छ' दाहालले भनेका थिए । त्यसको जवाफमा थापाले आफ्ना केही असहमति राखेका थिए । थापासँग छलफल सकिएपछि दाहालले खुमलटार आफु निकट नेताहरुसँग छलफल गरेका छन् । छलफल सहभागी एक नेताले इकागजलाई दिएको जानकारी अनुसार अहिले अन्तिम अवस्था भएकाले थापाले साथ दिन सक्ने बताएका छन् ।
प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि दाहाल र माधवकुमार नेपाल समूहका मन्त्रीहरुले राजीनामा दिए पनि थापाले भने दिएका थिएनन् । त्यसपछि थापा ओलीसँग नजिकएको अड्कलबाजी गरियो । तर सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटार भएको छलफलमा थापा अनुपस्थित भएका थिए ।
र, यो पनि
- ओली समूहको भेलामा नगएका गृहमन्त्री थापालाई दाहालले भेटे

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया