बिहीबार २१ चैत, २०८१
Thursday, April 03, 2025

नवलपुरमा ट्रक र बस ठोकिँदा दुई जनाको मृत्यु

मकवानपुर - ट्रक र बस एक आपसमा ठोकिँदा दुईजनाको घटनास्थलमा नै मृत्यु भएको छ ।  जनकपुरबाट काठमाडौँतर्फ आइरहेको ना७ख ८७६ नंको रात्रि बसलाई विपरीत दिशाबाट आइरहेको प्रदेश–२–०३०१ख ५०३५ नंको ट्रकले गए राति हेटौँडास्थित नवलपुरमा  ठक्कर दिँदा बसका ती यात्रुको घटनास्थलमै मृत्यु भएको हो । 

मृतक यात्रुको सनाखत भइनसकेको र अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले जानकारी दिए । उनले बसका  घाइते १५ यात्रु र ट्रकको चालकको हेटौँडास्थित चुरेहिल र सहकारी अस्पतालमा उपचार भइरहेको बताए ।