पूर्वमाओवादीका थापा र रायमाझी ओलीतिर, गजुरेल दाहालतिरै

काठमाडौं : पूर्वमाओवादी समूहका नेताद्वय मणि थापा र टोपबहादुर रायमाझी प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय समिति बैठकका लागि बालुवाटार पुगेका छन् । अध्यक्ष ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल समूहले छुट्टाछुट्टै बैठक बोलाएका थिए । बैठकमा सहभागी हुन थापा र रायमाझी बालुवाटार पुगेका छन् ।
त्यस्तै पछिल्लो नेकपाको विवादमा मौन बसेका हरिबोल गजुरेल भने ओलीले बोलाएको बैठकमा उपस्थित भएका छैनन् । गजुरेल निकट नेताहरुका अनुसार उनी आज दाहाल समूहले बोलाएको बैठकमा सहभागी हुनेछन् । त्यस्तै मन्त्रीसमेत रहेका लेखराज भट्ट यसअघि नै ओली समूहका कार्यक्रममा सहभागी भएका थिए ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया