नेटफ्लिक्सले ल्यायो टिकटकको जस्तै फिचर

काठमाडौँ - नेटफ्लिक्सले बालबालिकाहरूलाई लक्षितगरी टिकटकको जस्तो फिचर सुरु गरेको छ । टिकटकको पछिल्लो लोकप्रियतासँगै टिकटक जस्तै फिचर सुरु गरेको हो । यो फिचर भने हाल एप्पल प्रयोगकर्ताहरूलाई मात्र उपलब्ध रहेको छ ।
नेटफ्लिक्सको आईओएस एपमा देखा पर्ने 'किड्स क्लिप' सुविधाले बालबालिकाका कार्यक्रमहरू र चलचित्रहरूको पुस्तकालयबाट छोटो भिडियोहरू देखाउनेछ जुन टिकटकसँग मिल्दो रहेको छ ।
भिडियो-स्ट्रिमिङ जायन्टले नयाँ सुविधाहरू प्रयोग गरिरहेको छ जसले ग्राहकहरूलाई यसको क्याटलगमा थप शीर्षकहरूलाई उजागर गर्न सक्छ । यो कदमले युट्युब तथा टिकटकका दर्शकहरू तान्ने प्रयास गरेको छ ।
प्रयोगकर्ताहरूलाई उनीहरूलाई मनपर्ने कार्यक्रमहरू फेला पार्न अर्को तरीका दिँदै नेटफ्लिक्सले यसको सबैभन्दा लोकप्रिय शीर्षकहरूको र्याङ्किङ पनि सिर्जना गरेको छ । बच्चाहरूको फिड फास्ट लाफहरू जस्तै हुनेछ, तर भिडियोहरू होरिजन्टल्ली अर्थात तेर्सो रूपमा हेरिने छन् र सम्पूर्ण स्क्रिन ओगट्नेछन्। बच्चाहरूले एक पटकमा १० देखि २० ओटा क्लिपहरू मात्र हेर्न सक्षम हुनेछन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया