भारतमा व्यापारीलाई फेसबुकको बिजनेस 'हब'
काठमाडौँ- भारतका साना तथा मझौला व्यवसायीलाई राहत दिन ‘ग्रो योर बिजनेस’ नामक बिजनेस हब 'प्लेबुक' सार्वजनिक गर्ने घोषणा गरेको छ । यसबाट भारतका साना तथा मझौला व्यापारीहरू लाभान्वित हुने मेटाले जनाएको छ ।
यो हबले साना तथा मझौला स्तरका व्यवसायीहरुलाई उनीहरुको विकास यात्राका आधारमा जरूरी जानकारी, टूल्स एवं स्रोत खोज्नका लागि सहयोगी सावित हुने कम्पनीले जनाएको छ ।
कम्पनीले सार्वजनिक गरेको विज्ञप्तिमा ‘प्लेबुक’ फेसबुक इन्डियाको पहिलो प्रकाशित पुस्तक भएको र यसमा साना व्यवसायीलाई बिजनेस पेज शुरू गर्नेदेखि लिएर पेजमा कन्टेन्ट बनाउने र विज्ञापन शुरू गर्नका लागि आवश्यक मार्गदर्शन गर्ने बताएको छ ।
यस हबको उद्देश्य व्यवसाय अनलाइन तथा अफलाइनका रूपमा सुरू गर्ने हो । यसबाट कोभिड-१९ महामारी तथा त्यसपछिको समयमा साना व्यवसायलाई अनलाइन बिक्री बढ़ाउनका लागि प्लेटफर्म उपलब्ध हुन सकोस् भन्ने उद्देश्य लिइएको छ।

वीरगञ्ज भन्सारद्वारा ११ महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन

आजदेखि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

नेप्सेमा झिनो अङ्कको सुधार,११ अर्ब बढीको कारोबार

एघार महिनामा ४० प्रतिशत विकास खर्च

चार महिनामा एक करोड बढीका अवैध सामान बरामद

प्रतिक्रिया