देउवालाई जवाफ फर्काउँदै थापाले भने- राजाको मानमर्दन गरेर राज गर्ने जमाना छैन

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले प्रधानमन्त्री शेरबहादुर देउवालाई पूर्वराजा ज्ञानेन्द्र शाह विरुद्ध आक्रोश हैन सुशासन दिन आग्रह गरेका छन् । थापाले राजाको मानमर्दन गरेर राज गर्ने जमाना नरहेको बताएका छन् ।
प्रधानमन्त्री देउवाले आज (बुधबार) को एक कार्यक्रममा मुलुकमा शासन गर्न मन लागे चूनाव लड्न पूर्वराजा ज्ञानेन्द्र शाहलाइ चूनौती दिएका थिए । देउवाको चुनौतीको जवाफ फर्काउँदै थापाले देशमा अनगिन्ती समस्या भएर संघीय गणतन्त्र नै धरापमा परेको भन्दै पूर्व राजा विरुद्ध आक्रोश हैन मुलुकमा सुशासन कायम गर्न आग्रह गरेका हुन् ।
उनले ट्विट गर्दै लेखेका छन्, 'न्यायालय हडतालमा छ, संसद अवरुद्ध छ, सरकार भ्रष्टाचार/सर्वसत्तावादमा लिप्त छ, धर्म परिवर्तन व्यापक भएको छ।' थापाले देशमा सुशासन र राेजगारी नहुँदा ४० लाख युवा रोजगारीको खोजीमा विदेश पलायन भएकाे उल्लेख गरेका छन् ।
प्रम देउवालाई आग्रह-
— Kamal Thapa (@KTnepal) November 10, 2021
राजा विरुद्ध आक्रोश होईन,सुशासन दिनुहोस्।न्यायालय हडतालमा छ,संसद अवरुद्ध छ,सरकार भ्रष्टाचार/सर्वसत्तावादमा लिप्त छ,धर्मपरिवर्तन व्यापक भएको छ,रोजगारीको खोजीमा ४०लाख युवा विदेश पलायन भएका छन्।संघीय गणतन्त्र असफल भैसक्यो।राजालाई गाली गरेर राज गर्ने जमाना अब छैन

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया