ब्रेक फेल भएर बस दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको हेलम्बु–७ इचोकमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । इचोकबाट काठमाडौको लागि छुटेको सिन्धु हेलम्बु यातायात प्रालिको बा ४ख ५८१५ नम्बरको बस दुर्घटना हुँदा हेलम्बु–३ पाल्चोककी ५५ वर्षीय माहिला पासाङ तामाङको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय हेलम्बुका अनुसार पाँच जना घाइते भएका र उनीहरूको उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ । इलाका प्रहरी कार्यालय हेलम्बुका प्रहरी नायव निरीक्षक सुनिल थापाका अनुसार बस चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान सुरु गरिएको छ । ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
यसअघि मंगलबार अरनिको राजमार्ग अन्तर्गत सदरमुकाम चौताराबाट काठमाडौं जाँदै गरेको माइक्रोबस चौतारा साँगाचोकगढी नगरपालिका–११ पोखरेबेसीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो ।

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

स्याङ्जामा १३ वर्षीया बालिका बलात्कृत

खोटाङमा डढेलो गाउँ पस्दा एक विद्यालयसहित सात घर जलेर नष्ट

प्रतिक्रिया