दुबईदेखि मलद्वारमा लुकाएर सुन ल्याउने भारतीय नागरिक विमानस्थलमा पक्राउ
काठमाडौँ - मलद्वारमा लुकाएर सुन तस्करी गर्न खोज्ने एक जना भारतीय नागरिकलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको छ । बुधबार विहान साढे ९ बजेको फ्लाइटमा दुबईबाट आएका भारतीय नागरिक ३५ वर्षीय मोहमद जुहेदलाई प्रहरीले आधा किलो सुनसहित नियन्त्रणमा लिएको हो ।
प्रहरी र भन्सारको संयोजनमा उनको मलद्वारबाट तस्करी गर्न लागिएको सुन बाहिर निकालिएको छ । 'मलद्वारमा लुकाएर ल्याएको रहेछ । भन्सार क्लियर गरेर बाहिर जाने बेला एराइभलको बाटोमा उनको चालढाल देखेर प्रहरीलाई शंका लाग्यो । शंका लागेर चेकजाँच गर्दा फेला परेको हो,' विमानस्थल सुरक्षा कार्यालय प्रमुख एसएसपी राजेश बाँस्तोलाले भने ।
बाँस्तोलाले थपे, 'सुन अन्दाजी आधा किलो हो । प्लास्टिकसहित ५४५ ग्राम छ । भन्सारमा बुझाइएको छ । भन्सारले नापजाँच र आवश्यक कारवाही गर्छ ।'

पहिरोमा पुरिएर श्रीमान श्रीमतीको मृत्यु

म्याग्दीमा रहेको खानेपानी तथा ढल व्यवस्थापन आयोजना पोखरामा गाभिदै

बिहीबारबाट धरहरा बिहान ८ देखि बेलुकी ८ बजेसम्म खुला हुने

पन्ध्र तोलाभन्दा बढी सुनका गहनासहित कोहलपुुरबाट छ जना पक्राउ

कावासोतीमा करेन्ट लागेर एक मजदुरको मृत्यु

तुइन चुँडिदा महाकालीमा खसेर एकजना बेपत्ता

मकरको राम्रै फाइदाको योग, कुम्भलाई नयाँ कामको मौका

प्रतिक्रिया