तनहुँमा ४ सय ९० गणक खटिँदै

तनहुँ – गण्डकी प्रदेशको तनहुँमा राष्ट्रिय जनगणनाको १२ औं शृंखलाको मुख्य गणनाको तयारी पूरा भएको छ । जिल्लामा ४ सय ९० गणक जनगणनाका निम्ति हरेक घरदैलोमा पुग्ने जिल्ला जनगणना अधिकारी नन्दलाल सापकोटाले बताए । उनका अनुसार संस्थागत घरपरिवारको गणना गर्न छ जना खटिनेछन् । ‘गणकलाई तालिम र सम्पूर्ण सामग्री दिएर पठाएका छौं । उनीहरू गणनाका लागि तम्तयार छन्,’ उनले भने ।
एक जना गणकले औसतमा २ सय घरमा पुगेर जनगणना फारम भर्नेछन् । ‘फारम भर्नलाई ५२ वटा मुख्य प्रश्न सोधिनेछ’, उनले भने । गणनाका लागि २० मिनेट समय लाग्ने जनाइएको छ ।
बिहीबारदेखि देशभर राष्ट्रिय जनगणनाा सुरु हुँदै छ । प्रत्येक १० वर्षमा हुने जनगणनाअन्तर्गतको मुख्य जनगणना बुधबार सुरु भएर ९ मंसिरमा सकिनेछ ।
जनगणनाको पहिलो चरणअन्तर्गत ३० भदौदेखि १८ असोजसम्म घर सूचीकरण गरिएको थियो । घर सूचीकरण गर्न तनहुँमा १२० जना सुपरिवेक्षक खटिएका थिए । सुपरिवेक्षकले जिल्लाका ९१ हजार घर सूचीकरण गरेका छन् । पछिल्लो १० वर्षको अवधिमा यहाँ झण्डै १३ हजार घर थपिएको प्रारिम्भक तथ्यांकले देखाउँछ ।
०६८ सालको जनगणनामा जिल्लामा ७८ हजार ३ सय ९ घर सूचीकरण गरिएको थियो । उक्त जनगणनाअनुसार तनहुँमा तीन लाख २३ हजार २८८ जनसंख्या छ ।जिल्लाका पाँच स्थानमा स्थानीय जनगणनाको कार्यालय स्थापना गरिएको छ । दुलेगौंडा, भिमाद, दमौली, डुम्रे र आँबुखैरेनीमा स्थानीय जनगणनाको कार्यालय स्थापना गरिएको हो ।

सिरहाको सुखीपुरबाट सात क्विन्टलभन्दा बढी गाँजा बरामद

मार्चे लेकमा चौँरीको रगत पिउने मेला सुरु

रुकुम पश्चिममा जिप दुर्घटना

भिरबाट लडेर मृत्यु

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते

आज चार प्रदेशमा अत्यधिक वर्षा हुने पूर्वानुमान

आज यस्तो छ राशिफलमा तपाईंको भाग्य

प्रतिक्रिया