लागूऔषधसहित पोखराबाट दुई जना पक्राउ

पोखरा – पोखरामा प्रहरीले लागूऔषधसहित दुई व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–९ नयाँबजार बस्ने लमजुङ
दोर्दी गाउँपालिका–७ घर भएकी ३१ वर्षीया प्रेमा गुरुङ र गुल्मी मालिका गाउँपालिका–२ घर भएकी ३१ वर्षीया कोपिला अर्याल छन् ।
उनीहरूका साथबाट प्रहरीले लागूऔषध डाइजेपाम ७४ एम्पुल, ब्रुफिनुर्फिन ७० एम्पुल र फेनेरागन ७२ एम्पुल बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले शंकास्पद अवस्थामा फेला पारी जाँच गर्दा उनीहरूको साथबाट उक्त परिमाणको लागूऔषध फेला पारी पक्राउ गरेको हो । उनीहरू उपर कास्की जिल्ला अदालतबाट लागूऔषधसम्बन्धी मुद्दामा ८ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

सिरहाको सुखीपुरबाट सात क्विन्टलभन्दा बढी गाँजा बरामद

मार्चे लेकमा चौँरीको रगत पिउने मेला सुरु

रुकुम पश्चिममा जिप दुर्घटना

भिरबाट लडेर मृत्यु

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते

आज चार प्रदेशमा अत्यधिक वर्षा हुने पूर्वानुमान

आज यस्तो छ राशिफलमा तपाईंको भाग्य

प्रतिक्रिया