न्युजिल्यान्ड पहिलो पटक फाइनलमा, इंग्ल्यान्ड पराजित

काठमाडौं - इंग्ल्यान्डलाई हराउदै न्युजिल्यान्ड पहिलो पटक आईसीसी टी-२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । गए राति भएको आईसीसी विश्वकपको पहिलो सेमिफाइनलमा इंग्ल्यान्डलाई ५ विकेटले हराउँदै न्युजिल्यान्ड पहिलो पटक फाइनलमा पुगेको हो ।
जितका लागि १६७ रनको लक्ष्य पाएको न्युजिल्यान्डले १९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्याे । न्युजिल्यान्डका ओपनर डर्याल मिचेलले सर्वाधिक ७२ अविजित रन बनाए। इंग्ल्यान्डका लियाम लिभिङस्टोन र क्रिस वोक्सले २-२ विकेट लिए ।
यसअघि आबूधाबीमा टस हारेर ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६६ रन बनाएको थियो । इंग्ल्यान्डका मोईन अली सर्वाधिक ५१ रनमा अविजित रहे । न्युजिल्यान्डका ईश सोधी, एडम मिल्ने, टिम साउथी र जेम्श निसमले समान १ विकेट लिए । दोस्रो सेमिफाइनलमा बिहीबार अष्ट्रेलिया र पाकिस्तानबीच आज प्रतिस्पर्धा हुनेछ । जसको विजेताले न्युजिल्यान्डसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

आइसिसी यु–१९ विश्वकप एसिया छनोट : नेपालले हङकङसँग भिड्दै

ओमान सामु नेपालको ११८ रनको लक्ष्य प्रस्तुत
_BgiJAHh2vp_aaer5nxj58ygwpaoaukgj3kohe2xfsz46norfov0cw2mjn0w2hc7c3bwyjo2_n7Jw1mO9ns_y9yt9nbttpwjgynsvryydr0xwjatmmrdmj8u5xyefflgm1hdbvqth1z7zod1.jpg)
आइतबारदेखि सुरु हुने एसिया छनोटको ट्रफी सार्वजनिक

प्रतिक्रिया