मोरङ कारागारभित्र कैदीको शंकास्पद मृत्यु

विराटनगर - जिल्ला कारागार मोरङभित्र गएराती एक कैदीको मृत्यु भएको छ । ६ बर्षदेखि कारागारमा कैद भुक्तान गरिरहेका मोरङको रतुवामाई नगरपालिका–१० साविक इटहरा–८० का ४३ वर्षीय नारायण थापाको मृत्यु भएको निमित्त जेलर राम पोखरेलले जानकारी दिए ।
पेट दुखेपछि उपचारका लागि बिहीबार बिहान कोसी अस्पताल लगिएकोमा उनको मृत्यु भएको जनाइएको छ । उनी जबरजस्ती करणी मुद्दामा १० बर्षका लागि जेल परेका थिए ।
मृतक थापाको शव कोसी अस्पतालमै राखिएको जेलर पोखरेलले बताए । घटनापछि मृतकका आफन्तलाई बोलाइएको उनले बताए ।
थापा यसअघि जेलभित्र बिरामी भएको रेकर्ड नभएको जनाइएको छ । थापाको अचानक मृत्यु भएपछि घटना रहस्यमय रुपमा लिइएको छ । मोरङ कारागारभित्र केही दिनअघि मात्रै कैदीबन्दीहरुको दुई समूहबीच झडप भएको थियो ।
कात्र्तिक मण्डल समूहको नेतृत्वमा चौकीदार किरण गुरुङसहित नाईके र भाईनाइकेहरुलाई नियन्त्रणमा लिएर कुटपिट भएपछि झडप भएको थियो । झडपमा थापा संलग्न थिए थिएनन् भन्ने खुलेको छैन ।
आफन्तहरुले भने गएराती १ बजेतिर नारायणको मृत्यु भएको खबर आएको जानकारी दिएका छन् । मृतकका भाई हरि थापाले घटना थाहा पाएपछि आफूहरु अहिले विराटनगर जाँदै गरेको जानकारी दिए ।

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

स्याङ्जामा १३ वर्षीया बालिका बलात्कृत

खोटाङमा डढेलो गाउँ पस्दा एक विद्यालयसहित सात घर जलेर नष्ट

प्रतिक्रिया