बार अध्यक्ष श्रेष्ठको आक्रोश : घोक्रेठ्याक लगाउनुपर्ने चोलेन्द्रलाई भेट्न म किन जाने ?

काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले जारी राखेको धर्नामा अप्रत्यासित रूपमा प्रहरी हस्तक्षेप भएपछि नेपाल बार एसोसिएसन आक्रोशित बनेको छ । महासचिव लिलामणि पौडेलसहितका छ जना अधिवक्ताहरूमाथि प्रहरीले लछारपछार गरेको भन्दै आक्रोसमा आएको बार प्रधानन्यायाधीश जबराले बार अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई भेट्न बोलाएपछि थप आक्रोशित भएको हो ।
प्रहरीसँगको घम्साघम्सीबीच सर्वोच्च अदालतको सुरक्षार्थ खटिएका एसपी दीपक रेग्मीले श्रेष्ठलाई प्रधानन्यायाधीशले बोलाएको भन्दै भेट्न आग्रह गरेका थिए । तर, श्रेष्ठ भने एक्लै भेट्न नजाने भन्दै कड्किए । ‘वरिष्ठज्यू सम्माननीयज्यूले माथि बोलाउनुभएको छ,’ एसपीले यति भनिनसक्दै श्रेष्ठले भने ‘अब म बोल्छु’ भन्दै ठूलो स्वरमा कराए, ‘चोलेन्द्रलाई अब च्यूत गर्नैपर्छ । अब सम्मानजनक बहिर्गमन होइन घोक्रेठ्याक लगाउनुपर्छ ।’
श्रेष्ठले जबरासँग राजीनामा दिएपछि मात्र भेट्ने प्रतिकृया दिए । तर, बार एसोसिएसनकै पदाधिकारी भने श्रेष्ठको मंगलबारको अभिव्यक्तिलाई लिएर प्रधानन्यायाधीश असन्तुष्ट रहेको र त्यही विषयमा कुराकानी गर्न भेट्न बोलाएको बताउँछन् ।
श्रेष्ठले मंगलबारको विरोध कार्यक्रममा जबरालाई बिचौलियका नाइके भनेका थिए । बारका ती पदाधिकारीकाअनुसार जबराले श्रेष्ठलाई बोलाएर अभिव्यक्तिको विषयलाई लिएर अपहेलना लगाउन सक्छु भनेर धम्काउन बोलाएको दाबी गर्छन् ।
सर्वोच्च अदालत प्रशासनले भने बारका ती अधिकारीको भनाइ खण्डन गरेको छ । ‘त्यस्तो केही हुँदै होइन, उहाँले निकासका लागि सम्वादमा बसौं भन्न बोलाउन खोज्नुभएको हो,’ सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले भने ।

सुनिल पौडेलबिरूद्द अर्को भ्रष्टचारको मुद्दा

पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई ‘हेमबहादुर मल्ल सम्मान’

पाटन अदालतको इतिहासमा पहिलो पटक दुई वर्षे मुद्दा शून्यमा

काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत परियारलाई २५ हजार धरौटीमा छा…

विशेष अदालतले पायो आइएसओको प्रमाणपत्र

न्याय परिषद्लाई बारको ध्यानाकर्षण

सर्वोच्च अदालतमा तीन न्यायाधीश नियुक्त

प्रतिक्रिया