थाइल्यान्डमा आन्दोलन जारी

थाइल्यान्ड सरकारले जारी आन्दोलनलाई निस्तेज पार्न निशेधाज्ञा जारी गर्यो । तर त्यसले आइतबार हजारौको संख्यामा रहेका सरकार विरोधीलाई सडकमा आउन बाट रोक्न सकेन । निशेधाज्ञा जारी गरिएको चौथो दिन पनि आन्दोलनकारीहरु सडकमा सरकार विगठन र राजसंस्थाको सुधारको नारासहित सडका देखिए ।
प्रधानमन्त्री प्रायुथ चानओचाका प्रवक्ता अनुचा बुरापचाइसिरीले सरकार आन्दोलन देशव्यापी नबनोस भन्नेमा सचेत रहेको र अन्दोलनकारीसँग वार्ता गर्न तयार रहेको जनाउ दिएका छन् ।
प्रहरीले दर्जनौ आन्दोलनकारी तथा उनीहरुका नेतालाई गिरफतार गर्ने, उनीहरु माथि पानीको फोहोरा फ्याक्ने र राजधानी बेङककको रेल बन्द गर्नेसम्मका काम गरेको छ । तर त्यति हुँदाहुँदै पनि तीन महिना लामो आन्दोलन रोकिएको छैन । आइतबारको प्रर्दशनमा हाम्रा साथीहरुलाई छाड् भनेर लेखिएका प्लेकार्डहरु देखाइएको थियो । प्रहरीले पक्राउ गरेर राखेका आन्दोलनकारी नेताहरुको फोटो सहितको ब्यानर प्रर्दशनमा राखिएको थियो ।
मानवअधिकारकर्मीका अनुसार अक्टोबर १३ यता पक्राउमा परेका ८० आन्दोलनकारीलाई छाडिएको छ । अझै २७ जना भने हिरासतमै छन् । प्रहरीले भने कतीजना हिरासतमा छन् भनेर खुलाएको छैन । प्रवक्ता बुरापचाइसिरी, आन्दोलन देशमा शान्ति नचाहने तत्वको हातमा जाने खतराले प्रधानमन्त्री चिन्तित रहेको दाबी गर्छन् । ‘सरकार आन्दोलनकारीसँग तत्काल वार्तामा बस्न चाहन्छ,’ उनले भने ।
हङकङमा आन्दोलन स्थल तय गर्न, आन्दोलनकारीलाई परिचालन गर्न र आवश्यक सूचना आदनप्रदान गर्न जसरी सामाजिक सञ्जालको प्रयोग गरिएको थियो त्यसरी नै थाइल्यान्डमा पनि सामाजिक सञ्जालको प्रयोग भइरहेको छ । ‘हामी माग पुरा नहुन्जेलसम्म आन्दोलन रोक्नेवाला छैनौ,’ डी नाम गरेका एक २५ वर्षीय आन्दोलकारीले भने । आन्दोलनकारीले शहरका मूख्य भागहरुमा प्रहरीलाई इङगित गर्दै ‘तानाशाहको जुत्ता चाट्दा आनन्द आउछ’ भन्ने प्रश्न सोधिएका प्लेकार्डहरू प्रर्दशनमा राखिएको थियो ।
थाइल्यान्डमा राजा र राजसंस्था माथि गरिने टिप्पणीले १५ वर्ष सम्म जेल सजाय हुने व्यवस्था छ । तर आन्दोलकारीहरुले त्यसको प्रववाह नगरी राजसंस्थाको अधिकार कटौती गर्नुपर्ने माग राखिरहेका छन् । ‘जबसम्म राजसंस्थाको सुधार गरिदैन तबसम्म थाइल्यान्डका जनताले साच्चैको प्रजातन्त्रको अनुभुती गर्न पाउने छैनन्’ नाम नबताउने शर्तमा एक आन्दोलनकारीले रोयटर्ससँग कुरा गर्दै भने ।
थाइ दरबारले आन्दोलनकारीले उठाइरहेको माग प्रति कुनै टिप्पणी गरेको छैन । तर धेरै समय जर्मनीमा बिताउने थाइ राजा माहा वाजिरालङकोर्नले थाइल्यान्डमा देश र राजसंसथालाई माया गर्ने जनताको खाचो रहेको बताएका छन् । चुलालङकोर्न विश्वविध्यालयका थिटिनान पोङसुधिरक आन्दोलकारीका माग सुनुवाइ हुने सम्भावना न्यून रहेको बताउछन् । ‘आन्दोलनकारीले भने अनुसार गरेमा थाइल्यान्डको राजनितीमा ठूलो परिवर्तन आउनेछ । त्यसकारण न सरकारको बिगठन हुने सम्भावना छ न त राज संस्थाको अधिकार कटौती नै । बरु आगामी दिनमा आन्दोलनकारी र सरकारबीच तनाव बढ्ने र दिनहु हुने आन्दोलनमा झडप हुने सम्भावना रहन्छ,’ उनी भन्छन् ।
गत बिहीबार थाइ सरकारले राजधानी बैंककमा पाँच वा त्यो भन्दा बढी संख्यामा मानिस जम्मा हुन नपाउने गरी निर्देशिका जारी गरेको थियो । तर त्यसको तीन दिन पछि नै आन्दोलनकारीहरुले देशको १९ वटै प्रदेशमा विरोध प्रर्दशन गरे । ताइवान, डेनमार्क, स्विडेन, फ्रान्स, अमेरिका र क्यानडा लगायतका मुलुकहरुमा पनि थाइल्यान्डमा भइरहेको आन्दोलनको समर्थनमा प्रर्दशन गरिएको छ ।
थाइल्यान्डको आन्दोलनलाई हङकङमा भइरहेको आन्दोलनसँग जोड्ने गरिएको छ । दुबै ठाउँमा दुध चिया लोकप्रीय रहेकाले त्यहाँ भइरहेका आन्दोलनलाई मिल्क टि एलाइन्सको नाम दिन थालिएको छ । हङकङ आन्दोलनले प्रख्यात बनाएका जोसुवा वोङले थाइ आन्दोलनलाई सर्मथन गर्दै टुइट गरेका छन्, थाइ जनताको प्रजातन्त्र प्रतिको चाहनालाई कसैले निस्तेज पार्न सक्दैन ।
आन्दोलनको शुरुवात
थाइल्यान्ड लामो समय सम्म राजनितिक अस्थिरता र आन्दोलबाट गुज्रिएको छ । तर नयाँ चरणको आन्दोलन गत फेब्रुअरीबाट सुरु भएको हो । त्यसको कारण हो विपक्षी पार्टीको खारेजीको आदेश । थाइ सेनाले सन् २०१४ मा सत्ता आफ्नो हातमा लियो । उसको नेतृत्वको सरकारले गत मार्चमा निर्वाचन गरायो । जुन हजारौ यूवा भोटरका लागि भोट खसाउने पहिलो मौका थियो । त्यस चुनावले नयाँ राजनितिक शक्तिलाई सत्तामा ल्याउने अपेक्षा गरिएको थियो ।
तर चुनावी नतिजाले चाओचालाई नै पूनः प्रधानमन्त्रीका रुपमा निर्वाचित गरायो । थानाथोर्न जुवानग्रोङरुवाङकिटको नेतृत्वमा रहेको प्रजातन्त्रवादी भनिएको फ्यूचर फर्वाड पार्टी एफएफपी थाइ राजनितीमा तेस्रो शक्तिका रुपमा उदायो । प्राय गरी पहिलो पटक भोट हाल्दै गरेको यूवा भोटरहरु एफएफपी प्रति आकर्षित भए ।
तर गत फ्रेब्रुअरीमा थाइ अदालतले एफएफपीले पार्टी नेता थानार्थोनबाट अनिधिकृत तवरमा पैसा लिएको भन्दै पार्टी विगठन गर्न आदेश दियो । जसले हजारौ यूवा आन्दोलनकारीलाई सडकमा ल्यायो । कोभिड १९ महामारीका कारण बीचमा आन्दोलन रोकिए पनि जुन महिनामा एक प्रजातन्त्रवादी नेता एकाएक हराएपछि यसले फेरी गति लिएको थियो ।
क्याबोडियामा निर्वासित जीवन बिताइरहेका वान्चलीआर्म स्याटसाकसिट सडकमा हिडिरहेको बेला अज्ञात समूहले अपहरण गरेको बताइएको थियो । आन्दोलनकारीहरुले थाइ सरकारले स्याटसाकसिटको अपहरण गरेको आरोप लगाउदै आएका छन् ।
थाइ राजाले राजसंस्थाका नाममा रहेको सम्पूर्ण सम्पत्ति आफ्नो नाममा ल्याएको घोषणाको पनि आन्दोलनकारीहरुले विरोध गरिरहेका छन् । थाइ राजसंस्थाका नाममा रहेको सम्पती यसअघि सम्म परोपकारी काममा लगाइदै आएको थियो । राजसंस्थाको सम्पूर्ण सम्पती आफ्नो नाममा ल्याएपछी थाइ राजा देशकै सबैभन्दा धनी नागरिक बनेका छन् ।
त्यस्तै राजाले राजधानी बैंककमा रहेका सबै सैन्य अखडाहरुको नेतृत्व आफैले लिने निर्णयको पनि विरोध भइरहेको छ । राजाको उक्त कदमलाई थप शक्ति आर्जन गर्ने प्रयासका रुपमा अर्थ्याइएको छ ।

पाकिस्तानी राष्ट्रपति जरदारी अचानक अस्वस्थ्य, गरियो अस्पताल भर्ना

ताइवानको सीमा नजिक चीनले गर्यो युद्ध अभ्यास

गुजरातको पटाका गोदाममा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या २१ पुग्यो

इटालीको परमाणु अनुसन्धान केन्द्रको आकासमा पुग्यो रूसी जासुसी ड्रोन

युएईका मुस्लिम गोरो देखिन लगाइरहेका छन् खोप, जसको व्यापार नै २२.९ मिलियन

हुथीको एक निशानामा अमेरिकाको ३.४० अर्बको सम्पति नष्ट, १०० बढी जहाज ध्वस्त

इजरायली निकासी चेतावनीपछि रफाहका बासिन्दाहरूको भागाभाग

प्रतिक्रिया