दाहाल समूहलाई ओलीका प्रवक्ताले भने- थैलीको मुख बाँधेर मात्रै अरुलाई दोष लगाउनू
काठमाडौँ : सत्तारुढ दल नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूहका नवनियुक्त प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीभित्रको विपक्षी समूहलाई पहिला आफ्नो थैलीको मुख बाँधेर मात्रै अरुलाई दोष लगाउन आग्रह गरेका छन् । मंगलबार समूहको केन्द्रीय समितिको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै ज्ञवालीले भने, 'पहिला आफ्नो थैलीको मुख बलियो गरी बाँधेर मात्रै अरुलाई दोष दिनुस् । तपाईले आफ्नो समस्याको समाधान आफैले गर्न सक्नु हुन्न भने अरुलाई दोष दिएर पन्छन पाइन्न ।'
यतिबेला सरकारको विरुध्द यो ढंगको गतिविधि गर्नुपर्ने कारण नरहेको भन्दै ज्ञवालीले सरकारले कुनै नराम्रो काम नगरेको बताए । 'के चाहिँ त्यस्तो नराम्रो कम गरेको थियो । जसले गर्दा एकाबिहानै दौडादौड गरेर एउटा प्रयोजनका लागि गरिएको हस्ताक्षरलाई कपी पेस्ट गरेर टासेर अविश्वासको प्रस्तावको लिखत तयार गर्नुपर्यो ? यसकारण कि देशको राष्ट्रियता बलियो बन्दै गइरहेको छ, यसकारण कि, नेपालको प्रोफाइल बढ्दै छ,' ज्ञवालीले भने, 'यही सरकारका कारण नेपाल आँखामा आँखा जुधाएर आफ्ना समस्याका बारेमा भन्न सक्ने भएको छ । यो कतै पुनरावृत्ति त होइन, जुन हिजो प्रधानमन्त्रीले पनि भन्नुभएको छ, चार वर्षअघि जुन पृष्ठभूमिमा यो सरकारलाई हट्ने स्थिति बनेको थियो । अहिले पनि त्यस्तै बनाउन त खोजिएको त छैन ।'
उनले लोकतान्त्रिक दल निर्वाचनबाट पन्छिनमा आफूलाई विश्वास नभएको बताए । 'सार्वजनिक खपतका लागि केही भनिरहनु पर्ने हुन्छ त्यो उहाँहरूको कुरा हो । तर निर्वाचनका लागि साथीहरूले भित्रभित्र तयारी गर्न थाल्नुभएको हामीलाई जानकारी छ,' उनले भने ।
ओली संसद्को ६४ प्रतिशत मत प्राप्त सर्वसम्मत संसदीय दलको नेता भएर प्रधानमन्त्री बनेको उनले बताए । 'न उहाँको त्यो बहुमत संसद्मा खण्डित भएको छ न नेकपा विभाजित भएको छ । ६४ प्रतिशतलाई एकातिर राखेर बाँकी ३६ प्रतिशत सबै मिल्दा पनि सरकार त बन्दैन त,' ज्ञवालीले भने, 'त्यस्तो अवस्थामा बहुमत प्राप्त दलको नेता र प्रधानमन्त्रीले मलाई काम गर्न अप्ठेरो भयो त्यसकारणले म जनताको बीचमा जान्छु भन्दा यसलाई असंवैधानिक ठान्नु दृष्टि दोष हो । संविधानको मर्म नबुझ्नु हो।'

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया