पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया फाइनलमा
काठमाडौँ- म्याथ्यु वेड र मार्कोस स्टोइनिस नायक बनेको खेलमा पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया आईसीसी टी–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार राति भएको खेलमा पाकिस्तानले दिएको १७७ रनको लक्ष्य अष्ट्रेलियाले १९ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो ।
अष्ट्रेलियाको जितमा म्याथ्यु वेड र मार्कोस स्टोइनिस नायक रहे । दुई खेलाडीले ८१ रनको साझेदारी गर्दै जित दिलाएको थिए । अष्ट्रेलियाका लागि डेभिड वार्नरले सर्वाधिक ४९ रनको योगदान दिए ।
यसअघि आबुधाबीमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७६ रन बनाएको थियो । पाकिस्तानका लागि मोहमद रिजवान सर्बाधिक ६७ र फखर जमानले ५५ रनको अर्धशतकीय इनिङ्स खेले ।
विजेता अष्ट्रेलियाले न्युजिल्यान्डसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

आइसिसी यु–१९ विश्वकप एसिया छनोट : नेपालले हङकङसँग भिड्दै

ओमान सामु नेपालको ११८ रनको लक्ष्य प्रस्तुत
_BgiJAHh2vp_aaer5nxj58ygwpaoaukgj3kohe2xfsz46norfov0cw2mjn0w2hc7c3bwyjo2_n7Jw1mO9ns_y9yt9nbttpwjgynsvryydr0xwjatmmrdmj8u5xyefflgm1hdbvqth1z7zod1.jpg)
आइतबारदेखि सुरु हुने एसिया छनोटको ट्रफी सार्वजनिक

प्रतिक्रिया