प्रधानन्यायाधीशको पक्षमा आन्दोलन गर्ने ६ जना पक्राउ

काठमाडौँ - प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्ष र विपक्षमा प्रदर्शन भइरहेका छन् । कार्यपालिकासँग राजनीतिमा भागबण्डा खोजेकोलगायतका आरोप लगाएर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले आन्दोलन जारी राखेको छ ।
शुक्रबार प्रधानन्यायाधीश जबरालाई कार्यालय प्रवेशमा रोक लगाउने गरी बार धर्नामा बसेको छ । सोही समयमा कानुनी शासनको विरुद्ध हुने गरी बार आन्दोलनमा उत्रिएको भन्दै जबराको पक्षमा पनि केही कानुन व्यवसायी र केही व्यक्ति प्रदर्शनमा उत्रिएका छन् ।
शुक्रबार जबराको पक्षमा प्रदर्शनमा उत्रिएका छ जनालाई सर्वोच्च अदालत अगाडिबाट प्रहरीले नियन्त्रणमा लिएको छ । तारा बराल समूहका छ जनालाई नियन्त्रणमा लिएर महेन्द्र पुलिस क्लबमा राखिएको एसपी रमेश कुमार बस्नेतले जानकारी दिए ।
उनका अनुसार पक्राउ पर्नेमा पाँच जना महिला र एक पुरुष छन् ।

मध्यरातमा सर्वोच्चको फैसला : संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्ध परेको रिट …

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया