‘द भ्वाइस किड्स’लाई प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

काठमाडौँ - आज बेलुकी ८ बजेबाट हिमालय टीभीमा प्रसारण हुन लागेको गायन रियालिटी शो ‘द भ्वाइस किड्स’को बिहीबार बेलुकी एफक्युब हलमा प्रिमियर गरिएको छ ।
आज बेलुकी प्रसारण हुने कार्यक्रम पत्रकार, विज्ञापनदाता र विभिन्न क्षेत्रका व्यक्तिहरुलाई बिहिबार नै देखाइएको हो । ६ बर्षदेखि १४ बर्ष उमेर समूहका बालबालिकाहरुले सहभागिता जनाएको यो कार्यक्रमको ‘ब्लाइन्ड अडिसन’ आजबाट प्रसारण हुनेछ ।
प्रिमियरमा सो हेरेपछि मिडियाकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तिहरुले उत्कृष्ट प्रतिक्रिया दिएका थिए । बालबालिकाहरुको भावनालाई समेत ध्यानमा राखेर उत्कृष्ट तरिकाले शो तयार पारिएको उनीहरुको भनाई छ । प्रिमियरमा पाएको प्रतिक्रियाले आफूहरु उत्साहित भएको निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए । उनले भने–‘कार्यक्रम तयार गर्दा नै हामीलाई शोले कस्तो प्रतिक्रिया पाउँछ भन्ने अड्कल लगाएका हुन्छौं । प्रिमियरमा विभिन्न क्षेत्रका मानिसहरुले दिनु भएको प्रतिक्रियाले उत्साह थपेको छ । अब, दर्शकले दिने प्रतिक्रियाबाट अझै हामीलाई थप उर्जा मिल्नेछ ।’
शोका निर्माता तथा संचालक सुशिल नेपालले बालबालिकाहरुसँग जोडिएको यो शोको छायांकनका क्रममा आफू कैयौं पटक रोएको बताए । प्रिमियरमा यो शो हेरेपछि अतिथीहरु पनि भावुक बनेका थिए ।हिमालय टीभीमा शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट प्रशारण हुने यो शोमा राजु लामा, प्रमोद खरेल, प्रविशा अधिकारी, मिलन अमात्य कोचको रुपमा छन् ।
यो शो २० भाग प्रशारण हुनेछ । राजु र प्रमोद यसअघि ‘द भ्वाइस अफ नेपाल’को तिन श्रृङ्खलामा कोचको रुपमा प्रस्तुत भैसकेका छन् । मिलन र प्रविशाका लागि भने यो शो नयाँ हो ।तर, प्रिमियरमा शो हेरेका अधिकांशले मिलन र प्रविशाको प्रस्तुतिको खुलेरै प्रशंसा गरे । उनीहरुले भने–‘यसपटक २ नारी बाँकीमा भारी पर्ने देखिएको छ ।’

मोडल हन्ट नेपालको नवौँ संस्करणमा 'भिरागो'को विकनी शो सम्पन्न
भोलि ‘नो सेभ नोभेम्बर’ को चौथो संस्करणः क्यान्सरविरुद्ध चेतना जगाउन ‘फेसन फर …

मिस टिन नेपालको उपाधी सारालाई

यस बर्षको मिस युनिभर्सको ताज डेनमार्ककी भिक्टोरियालाई

मिस टिन नेपाल २०२४ का सहभागीको 'ट्यालेन्ट शो ' सम्पन्न

मिस टीनको फाइनलमा २० किशोरी सहभागी हुँदै

मिस नेपाल २०२४ कै लागि अस्ट्रेलियाबाट फर्केकी करुणा उत्कृष्ट २६ मा छनौट

प्रतिक्रिया