उपत्यकामा उच्च सुरक्षा सतर्कता

काठमाडौं : नेकपा भित्रको राजनीति पार्टी फुटको दिशातिर गएपछि राजधानीमा सुरक्षा सतर्कता बढाइएको छ । काठमाडौंको मुख्य चोकहरूमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको डफ्फा तैनाथ गरिएको छ ।
बर्दीसहितको प्रहरीको अलवा सादा पोशाकका प्रहरीलाई पनि उत्तिकै संख्यामा खटाइएको छ । नेकपा भित्रको दुई खेमाको समानान्तर बैठक बोलाइएको स्थानहरूमा समेत बाक्लो संख्यामा प्रहरी खटाइएको छ ।
धानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कदमको विरोधमा भूमिगत राजनीति गरिरहेको नेपाल कम्युनिष्ट पार्टी चन्दसमूहले समेत विरोध गरेपछि सरकारले सुरक्षा व्यवस्था कडा पारेको छ ।
विभिन्न राजनैतिक दलले गर्ने विरोध प्रदर्शनमा चन्द समूहको घुसपैठ समेत हुन थालेपछि सुरक्षा निकायले निगरानी बढाएको हो । काठमाडौंको रत्नपार्क वरिपरिको क्षेत्र, माइतीघर मण्डला, नयाँ बानेश्वर, तीनकुने क्षेत्र, त्रिपुरेश्वर, सुन्धारा, लैनचौर, प्रदर्शनीमार्ग लगायतका क्षेत्रमा सुरक्षा निकायको बाक्लो उपस्थिति छ ।

अटो सोसियल फ्रेन्डसको रक्तदान कार्यक्रम

अवैध लागूऔषध गाँजासहित एयरपोर्टबाट विदेशी पक्राउ

प्रहरीका ६ जना डीआईजीलाई एआईजीमा बढुवा सिफारिस (सूचीसहित)

आफ्नै कीर्तिमान तोड्न सगरमाथातिर लम्किँदै कामीरिता

अब यसरी घरमै सजिलै बनाउनुहोस् तीन प्रकारका मोजितो

दूध शुद्ध छ कि छैन ? यसरी पत्ता लगाउनुहोस्

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

प्रतिक्रिया