कतार विश्वकपका लागि छनौट भयो ब्राजिल
काठमाडौँ- ब्राजिल विश्वकप २०२२ का लागि छनौट भएको छ । दक्षिण अमेरिकातर्फको छनौटमा शुक्रबार कोलम्बियालाई १–० ले पराजित गरेपछि ब्राजिलले कतारमा हुने विश्वकपका लागि आफ्नो स्थान पक्का गरेको हो । यससँगै ब्राजिल दक्षिण अमेरिकाबाट आउँदो विश्वकपका लागि छनौट हुने पहिलो टिम बनेको छ ।
ब्राजिलको जितमा लुकास पाक्वेटाले ७२ औँ मिनेटमा गोल गरे । विश्वकप छनौटमा अपराजित रहेको ब्राजिलले १२ खेलबाट ३४ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको अर्जेन्टिनाको ११ खेलबाट २५ अंक छ भने तेस्रो र चौथो स्थानमा रहेका इक्वेडर र चिलीको क्रमशः २० र १६ अंक छ । दक्षिण अमेरिकी छनौटमा कुल १० टिम सहभागी छन् । यी टिममध्ये शीर्ष चार विश्वकपमा लागि स्वत छनौट हुन्छन् भने पाचौँ स्थानमा रहेको टिमले अर्को महादेशको टिमसँग प्ले–अफ खेल्नेछ ।
शुक्रबार बिहान नै भएका अन्य खेलमा इक्वेडरले भनेजुएलालाई १–० ले पन्छायो । पुच्छारको भनेजुएलालाई हराउन इक्वेडरका लागि पिएरो हिनकापीले गोल गरे । उता चिलीले पाराग्वेलाई १–० कै गोल अन्तरले पराजित गर्यो । चिलीलाई तीन अंक दिलाउन पाराग्वेका एन्टोनी सिल्भाले आत्मघाती गोल गरे ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया