करेन्ट लागेर एकको मृत्यु, गर्भवतीसहित दुई घाइते

तनहुँ- जिल्लाको शुक्लागण्डकी नगरपालिका-३, दुरुचुङमा बिहीबार बिहान करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । बिहानीपख मोबाइल चलाइरहेको बेला अचनाक हाइभोल्टेज आउँदा करेन्ट लागेर २७ वर्षीय चित्रबहादुर रानामगरको ज्यान गएको हो । बिहान करिब ४ बजेतिर भएपनि ७ बजेतिर मात्र थाहा भएको थियो । स्थानीयले उपचारका लागि तुरुन्तै जिपि कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र झरौटामा ल्याएको भए पनि चिकित्सकले मृत घोषणा गरेको थियो ।
सोही लाइनको करेन्ट लागेर गाउँका अन्य दुई जना पनि घाइते भएका छन् । घाइते हुनेहरूमा मृतकका काका दलबहादुर राना र २४ वर्षीया गर्भवती महिला सोममाया थापा मगर रहेका छन् । उनीहरूको जिपि कोइराला अस्पतालमा उपचार भइरहेको छ । घाइते दुवै जना सामान्य अवस्थामा छन् । दलबहादुरको हात र सोममायालाई खुट्टामा करेन्ट लागेको थियो ।
कालीगण्डकीको कटान रोकथाम गर्न तटबन्धन
फेवातालको सीमाङ्कनपछि पोल गाड्ने काम सकियो

कर्तव्य गरी फरार प्रतिवादी २९ वर्षपछि पक्राउ

पुनर्निर्माण गरिँदै ऐतिहासिक बरेटार शिवमन्दिर

चन्दा सङ्कलन गरी २७ किलोमिटर पदमार्ग निर्माण

९ किलोमिटर सडक कालोपत्र

प्रतिक्रिया