शुक्रबार ०५ बैशाख, २०८२
Friday, April 18, 2025

टिकटक बनाउँदा पुलबाट खसेर एक जनाको मृत्यु

नेपालगञ्ज : दाङमा टिकटक बनाउने क्रममा झुलुंगे पुलबाट खसेर गम्भीर घाइते युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं १९ बिजौरी निवासी २४ वर्षीय रमेश थापा रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए ।

उनकाअनुसार थापाकोे उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा सोमबार बिहान मृत्यु भएको हो । शनिवार दिउँसो दुई बजेतिर बबई गाउँपालिका वडा नं ५ हापुरेस्थित पुरन्धारा छहरा नजिक रहेको झुलुंगे पुलबाट टिकटक बनाउने क्रममा थापा खसेका थिए ।