विकास प्रहरको गजल ‘बहुलाएँ म’ म्यूजिक भिडियोमा

काठमाडौं : पत्रकार तथा गजलकार विकास प्रहरको गजल ‘बहुलाएँ म’ को म्यूजिक भिडियो बजारमा आएको छ । गजल ‘बहुलाएँ म’मा स्वर र संगीत गायक तथा संगीतकार राज सागरको छ । आफूलाई गजल गायक तथा संगीतकारका रुपमा स्थापित गराइसकेका राज सागरका धेरै गजलहरू रेकर्डिङ्ग भइसके तापनि उनको पहिलो रेकर्डिङ्ग भएको गजल ‘बहुलाएँ म’ हो ।
यो म्यूजिक भिडियोमा उपेन्द्र ढकालले डेब्यू गरेका छन् । किरण कँडेलको संगीत-संयोजन रहेको भिडियोलाई रञ्जिता शिवाकोटीले निर्देशन गरेकी छन् । शिबाकोटीले ओएसआरको अफिसियल यूट्युब च्यानलमार्फत बजारमा ल्याएको बताइन् । सहनिर्देशन आकाश उखेडाले गरेका छन् भने नृत्य निर्देशन प्रख्यात घिमिरेको छ । स्क्रिप्ट लेखन सागर भट्टले गरेका छन् । निर्माण व्यवस्थापन आशिष श्रेष्ठले गरेका छन् भने निर्माण सञ्जय भडेल र अरुण खड्काले गरेका हुन् ।
म्यूजिक भिडियोलाई छायांकन सुजय गौतमले गरेका छन् । भिडियोको सम्पादन प्रज्वलीत पराजुलीको छ । गजलमा नायकको भूमिकामा उपेन्द्र ढकाल र नायिकाको भूमिकामा प्रकृति खतिवडाले अभिनय गरेका छन् । यस्तै आर्शु महर्जनले सहनायक र बिनिता पाण्डे, अरुण खड्का, सागर भट्टले अतिथि कलाकारको भूमिका निभाएका छन् । गजलमा स्वार्थमा हुर्कने प्रेम सम्बन्धले दिगो रुप लिन नसक्ने देखाइएको छ ।

तमिल पावरस्टार श्रीनिवासन ठगी मुद्दामा प्रकाउ

बलिउड अभिनेता राजकुमार रावले गरे अदालतमा आत्मसमर्पण

अष्ट्रेलियाको अर्बनमा रामजी र शान्तिरानीले तीजमा नचाउँने

जेबिएस क्रियशनको नयाँ तीज गीत ‘रेलिमै’ सार्वजनिक (भिडियोसहित)

एक दशकपछि गायक शक्ति लामाको ‘सल्लाघारी….’ मार्फत भावनात्मक पुनरागमन (भिडियो)

ग्वान्जाओको एनआरएनए भेलामा आशिष सचिनको सनसनी प्रस्तुति

राजामैली ‘एसएसएमबी २९’को हैदारावादको सुटिङ सकियो, अब तान्जानियामा

प्रतिक्रिया