ट्रिपिङ समस्या छिट्टै अन्त्य हुन्छ- कुलमान

बुटवल - नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ट्रिपिङ समस्याको अन्त्य गरी भरपर्दो विद्युत सेवा उपलब्ध गराउने बताएका छन् । विद्युत प्रशारण लाइन तथा सब स्टेशनहरूको समस्याका कारण अहिले देखिएको विद्युत ट्रिपिङलाई छिट्टै अन्त्य गरिने उनले बताए ।
शनिबार बुटवलमा पत्रकारहरूसँग कुरा गर्दै उनले बन्न लागेका सबस्टेसन सम्पन्न भएलगत्तै प्रशारण लाइनहरूको समेत स्तरोन्नती गरी भरपर्दो विद्युत सेवा उपलब्ध गराउँदै प्रयोगमा प्रोत्साहन गरिने उल्लेख गरे । उत्पादन भएका विद्युतलाई सकेसम्म नेपालभित्रै उपभोग गर्ने रणनीति अनुसार उद्योगहरूले मागेजति विद्युत उपलब्ध गराइने उनले बताए । उद्योग, विद्युतीय सवारीको प्रयोग तथा खानाप काउन इन्डक्सन चुल्होको प्रयोगलाई प्रोत्साहन गर्नेगरी शुल्कमा समेत छुटका व्यवस्थालाई जोड दिइने उनले बताए ।
रुपन्देही, परासी क्षेत्रमा मागअनुसारको विद्युत उद्योगलाई दिन नसकिएको भन्दै उनले यो समस्या छिटै समधान हुने बताए। सबस्टेसन निर्माण र केही ट्रान्समिसन लाइन विस्तार भइरहेकाले अहिले परिक्षणस्वरूप भारतमा विद्युत बिक्री गरिएको उनको भनाइ छ । ‘नेपालको विद्युत सबै यहाँ खपत गर्ने र बाँकी रहे मात्र बिक्री गर्ने लक्ष्य हो,' उनले भने । अहिले उत्पादन भइरहेको विद्युत खपत नभएकाले उनले नागरिकहरूलाई विद्युतको प्रयोग गर्न पनि आग्रह गरे । उनले उद्योगीहरूलाई परेको ट्रंक लाइनको विषय पनि छिटो समधान हुने बताए ।

ऊर्जा मन्त्रालयको हटलाइन : एक महिनामा १९ सय उजुरी
_7ALsX0Sr8x_xvalc0txdefm34rcrxbzzplqhq3cnfzupilh6h4yxisyyat3jsfpnejx5hwa_AoZ9CFqc9a_kac7wcqlkkzxgl42ncqr3cfxsfq96cvo0dcu7xypovbshyilgtkypnnsr6yt.jpg)
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार

जलविद्युत् आयोजनाको ‘मकिङ’ खोलामा फाल्दा बाढीको जोखिम

पानीका स्रोतलाई आर्थिक समृद्धिका लागि उपयोग गर्नुपर्छ : मन्त्री खड्का

ललितपुरका यी स्थानमा आज बिजुली काटिने

हिमतालको संरक्षण र मौसम पूर्वानुमान प्रणालीलाई सुदृढ बनाउन सरकार प्रतिबद्ध छ …

प्रतिक्रिया