‘मुन्द्रेको कमेडी क्लब’को ठाउँमा ‘फुलन्दे स्पेसल’ कमेडी क्लब

काठमाडौँ -दुई वर्षदेखि हरेक सोमबार प्रसारण हुँदै आएको ‘मुन्द्रेको कमेडी क्लब’को अन्तिम भाग सोमबार प्रसारण भयो । जितु नेपालले नेतृत्व गर्दै आएको यो टिममा करिष्मा मानन्धर, उमेश राई, राजेन्द्र नेपाली आदि कलाकार थिए ।
तर, यो टिममा रहेका उमेश राई (फुलन्देकी आमा)ले आफूलाई जानकारी नै नदिई अर्को कार्यक्रम चलाउन गएकोमा दुःख लागेर कार्यक्रम बन्द गर्ने निर्णय गरेको जितुले बताएका थिए । उनले पत्रकार सम्मेलन नै गरेर यो बताउँदा यो कार्यक्रमको जिम्मा लिएको कि एडभरटाइजिङमाथि पनि धोखाघढी गरेको आरोप लगाएका थिए ।
किले यस विषयमा औपचारिक प्रतिक्रिया दिएको छैन तर उसले सोमबार नै ‘मुन्द्रेको कमेडी क्लब’ प्रसारण हुने समयमा ‘फुलन्दे स्पेसल’ कमेडी क्लब सञ्चालन गर्ने जनाएको छ । पत्रिकामा विज्ञापन छाप्दै उसले यो कार्यक्रम केही समयका लागि सञ्चालन हुने पनि जानकारी गराएको छ ।
उता केही युट्युबरलाई प्रतिक्रिया दिँदै उमेश राईले आफूले जितु नेपाललाई धोका नदिएको भन्दै जानकारी गराएर नै अर्को कार्यक्रम चलाउन गएको बताएका छन् । उमेश राई किले सञ्चालन गर्ने डान्स च्याम्पियनसिपको उद्घोषण गर्न गएपछि जितु र एजेन्सी र उमेश राईबीच विवाद बढेको थियो । उमेश राईले आफू कार्यक्रमको शुभचिन्तक भएकाले आफूले नमिल्ने भए कोही राखेर पनि कार्यक्रम चलाउन आग्रह गरेको जानकारी गराएका छन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया