मंगलबार २७ जेठ, २०८२
Tuesday, June 10, 2025

एमालेमा रहेका केही नेताको बिजोग छ : माधव नेपाल

फाइल तस्‍बिर

काठमाडौँ - नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमालेमा रहेका केही नेताको बिजोग भएको तर्क गरेका छन् । समाजवादी काभ्रे काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी ओली सुध्रिन्छन् कि भनेर एमालेमा बसेका नेताहरूको बिजोग भएको तर्क गरे ।

उनले अहिले पनि एमालेभित्र ओलीले गुट नै चलाइरहेको धारणा पनि राखे। नेपालले केही नेताहरू समाजवादीमा फर्कने क्रम सुरु भइरहेको दाबी गरे । पुराना पार्टीसंगै बिद्रोह गरेर बनेको पार्टीमा जनलहर र उत्साह देखिएको उनले बताए ।

उनले आउने राष्ट्रिय सभा निर्वाचनमा मिलेर जाने सहमति गठबन्धनबीच भएको भन्दै अवको निर्वाचनमा एमालेको पत्तासाफ हुने उल्लेख गरे । अबको निर्वाचनमा कलम चिन्हका साथ जनतामाझ जाने र जनताले विश्वास गर्ने उनको भनाइ छ । कार्यक्रममा बिभिन्न दलबाट आएका व्यक्तिहरुलाई अध्यक्ष नेपालले समाजवादी प्रवेश गराएका थिए ।