महाधिवेशन प्रतिनिधि चयन गर्न एमाले रुपन्देहीमा निर्वाचन हुँदै
विष्णु पौडेलको निर्वाचन क्षेत्रमा आकांक्षी धेरै
बुटवल – नेकपा एमालेको आसन्न १० औं महाधिवेशन प्रतिनिधिका लागि आकांक्षी धेरै भएपछि रुपन्देहीमा निर्वाचन गरिने भएको छ । सर्वसम्मतको प्रयास असफल हुँदै गएपछि रुपन्देहीबाट पठाइने प्रतिनिधिका लागि निर्वाचन गरिने भएको हो । पाँचवटा संघीय निर्वाचन क्षेत्र रहेको रुपन्देहीबाट ३३ जना प्रतिनिधि छानिँदै छन् । यसका लागि १ सयभन्दा बढीले मनोनयन दर्ता गराएका छन् ।
धेरैजनाले छोड्नै नचाहेकाले निर्वाचनको सम्भावना बढेको एमाले जिल्ला प्रचार विभाग प्रमुख मोहन चापागाईंले बताए । ६ जना प्रतिनिधि छानिने रुपन्देही–१ मा ३१ जनाले मनोनयन दर्ता गराएका छन् । खुला चार जनाका लागि २४ र महिला दुई जनाका लागि सात जनाले मनोनयन दर्ता गराएको चापागाईंले बताए ।
यस्तै सात हजार संगठित सदस्य रहेको रुपन्देही क्षेत्र नम्बर २ बाट खुलातर्फ आठ र महिला तीन गरी ११ जना प्रतिनिधि चयन हुनेछन् । यसका लागि ५२ जनाले मनोनयन दर्ता गराएका छन् । पार्टीका उपमहासचिव विष्णु पौडेलको निर्वाचन क्षेत्र रहेकाले पनि यो क्षेत्रमा आकांक्षी धेरै देखिएका हुन् ।
यस्तै क्षेत्र नम्बर ३ मा ३१ जनाले मनोनयन दर्ता गराएका छन् । यहाँबाट खुला चार र महिला दुई गरी ६ जना प्रतिनिधि चयन हुँदैछन् । सबैभन्दा कम अर्थात् तीन जना मात्रै प्रतिनिधि चयन हुने क्षेत्र नम्बर ४ मा भने सर्वसम्मत हुने देखिएको छ । यस्तै क्षेत्र नम्बर ५ मा १२ जनाले मनोनयन दर्ता गराएका छन् । यो क्षेत्रबाट खुला चार र महिला एक गरी पाँचजना प्रतिनिधि चयन हुँदैछन् ।

वामदेव गौतम एकीकृत समाजवादीमा समाहित हुँदै, आज एकता घोषणा

पर्यटन बोर्डका पूर्वसीईओ रेग्मी रास्वपा प्रवेश

देशभित्रका समस्या समाधान गर्न कांग्रेसले ध्यान दिनुपर्छः महामन्त्री थापा
रास्वपाको हस्ताक्षर अभियान एकसय दिन चल्ने

एमाले सचिवालय बैठक सुरू

'श्रम र उत्पादनमा वाइसिएल अभियान' पार्टीले अघि सारेको 'उत्पादन ब्रिगेड'को निर…

एमाले सचिवालय बैठक बस्दै, विधान मस्यौदामा प्रारम्भिक छलफल हुने

प्रतिक्रिया