व्यापारी तरुणसँग विवाह गर्दै मिस नेपाल इशानी श्रेष्ठ
काठमाडौँ - मिस नेपाल इशानी श्रेष्ठले व्यापारी तरुणप्रताप शाहसँग विवाह गर्ने भएकी छिन् । तरुण र इशानीको यही सोमबार सोल्टीमोडमा रहेको न्यु हायात होटलमा टीकाटालो हुँदैछ । टीकाटालो कै दिन दुवैबीच हुने विवाहको पनि मिति सार्वजनिक हुनेछ ।
सन् २०१३ मा मिस नेपाल बनेकी इशानीले बालीमा भएको मिस वल्र्डमा सहभागिता जनाएकी थिइन् । इशानीले मिस वल्र्ड टप टेनमा पुग्ने पहिलो महिलाको रकेर्ड राख्दै पहिलो पल्ट ‘ब्युटी विद प्रपोज’को पुरस्कार पनि जितेकी थिइन् ।
व्यापारी तथा मिडिया उद्यमी विश्वनाथ प्रसाद शाहका छोरा तरुण आफूलाई भने शिक्षाविद्को रुपमा चिनाउन रुचाउँछन् । उनले सेफर्ड,कलेज ट्रिटन कलेज, शुभश्री कलेज आदि कलेज चलाउँछन् । दालमोठमा एकछत्र राज गरिरहेको हल्दिराम तरुणकै कम्पनीले नेपालमा वितरण गर्दै आएको छ ।
इशानी स्वयंले इन्स्टामा तरुणसँगको फोटो राख्दै ‘लभ अफ माइ लाइफ’ क्याप्सन राखेकी छिन् । उनको फोटोमा मिस नेपाल र मिस नेपालका रनर्स अपले शुभकामनाको वर्षा गरेका छन् ।

मोडल हन्ट नेपालको नवौँ संस्करणमा 'भिरागो'को विकनी शो सम्पन्न
भोलि ‘नो सेभ नोभेम्बर’ को चौथो संस्करणः क्यान्सरविरुद्ध चेतना जगाउन ‘फेसन फर …

मिस टिन नेपालको उपाधी सारालाई

यस बर्षको मिस युनिभर्सको ताज डेनमार्ककी भिक्टोरियालाई

मिस टिन नेपाल २०२४ का सहभागीको 'ट्यालेन्ट शो ' सम्पन्न

मिस टीनको फाइनलमा २० किशोरी सहभागी हुँदै

मिस नेपाल २०२४ कै लागि अस्ट्रेलियाबाट फर्केकी करुणा उत्कृष्ट २६ मा छनौट

प्रतिक्रिया