मंगलबार २७ जेठ, २०८२
Tuesday, June 10, 2025

‘सबै कुराको दोष संविधानलाई दिनु हुँदैन’

फाइल फोटो

झापा : नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सरकार, संसद् र न्यायपालिकाले काम गर्न नसकेको आरोप लगाएका छन् । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको शनिबार विर्तामोडमा २५ औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले असफलताको सबै दोष वर्तमान गठबन्धन सरकारले लिनुपर्ने बताए । 

सरकारले अन्य अङ्गलाई काम गर्ने वातावरण उपलब्ध नगराएको नेम्वाङले बताए । सबै कुराको दोष संविधानलाई दिन नहुने उनको धारणा थियो । उनले राजनीतिलाई संवैधानिक मार्गमा हिँडाउने काम राजनीतिक दलको भएको स्पष्ट पारे । रासस